
हाई नेक ब्लाउज
हाई नेक ब्लाउजले गर्दनसम्म छोप्छ । सारी, लेहेंगा वा पेन्टमै लगाउँदा पनि स्टाइलिस देखाउँछ । यस्तो ब्लाउजले होचो कदलाई पनि अग्लो देखाउँछ ।

फुल स्लिभ्स ब्लाउज
यस्तो ब्लाउज जुनसुकै फेब्रिक र डिजाइनमा बनाउन सकिन्छ । यसले जाडोमा न्यानो मात्र होइन, रोयल लुक दिन्छ ।
Advertisement

पेप्लम ब्लाउज
कुनै औपचारिक कार्यक्रम वा समारोहमा जान पेप्लम ब्लाउज सहि छनौट हुनसक्छ। पेट ठुलो छ भने पनि यो ब्लाउजले छोप्छ । कम्मरलाई पातलो देखाउँछ ।

कलर नेक ब्लाउज
कलर नेक ब्लाउजले औपचारिक लुक दिन्छ । धेरै नभरेको प्लेन ब्लाउज लगाउँदा सबैभन्दा फरक देखाउँछ ।