+

सकम्बरी बन्दै सनिशा

ठूलो पर्दाकी चर्चित अभिनेत्री सनिशा भट्टराईले रंगमञ्चमा डेब्यु गर्ने भएकी छन् ।

पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’मा आधारित रहेर मञ्चन हुन लागेको नाटकबाट उनले डेब्यु गर्दैछिन् ।

Advertisement

कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटकको मुख्य पात्र सकम्बरीको भूमिकामा सनिशाले अभिनय गर्न लागेकी हुन् ।

उनले यो नाटकको कार्यशाला पनि सुरु गरिसकेकी छन् ।

नाटकमा सनिशाले कुनैबेलाका चर्चित फिल्म अभिनेता जीवन लुइँटेलको अपोजिटमा अभिनय गर्नेछिन् ।

जीवनले यो नाटकमा सुयोगवीर पात्रको भूमिका निर्वाह गर्दैछन् ।