+

सात कारण, जसले यौन जीवनमा असर पुर्‍याउँछ

तनाव

भागदौड, अफिसको कामको भार, आर्थिक समस्या, खानपानको सोझो असर तनावको रुपमा देखापर्छ । तनावले भारले यौनक्रियामा पनि प्रभाव पार्छ । यौनइच्छा नै नहुने पनि हुनसक्छ ।

मदिरापान

नियमित रुपले मदिरापान गर्दा यौनरुची घट्छ । त्यतीमात्र होइन, यसले तपाईको शयनकक्षामा पनि तनाव निम्त्याउँछ । पत्नीको भावनाको कदर हुँदैन । त्यसैले मदिरापान गर्न छाडौ, उत्कृष्ट यौन जीवनका लागि ।

Advertisement

डिप्रेसन

डिप्रेसनले यौन जीवनमा नराम्ररी प्रभाव पार्छ । एक त डिप्रेसनको कारण तपाईमा यौन सम्पर्कमा मन जादैन , अर्कोचाहि डिप्रेसनको औषधीले यौनरुची घटाउँछ ।

इटेक्टाइल डिसफंशन

पुरुषमा इरेक्शनको समस्या धेरै गम्भीर मानिन्छ । यसले यौनक्रियाका साथै दाम्पत्य जीवनलाई पनि असर पार्न सक्छ ।

उच्च रक्तचाप

सक्रिय यौन जीवनको लागि यौनाङ्गहरुमा पनि राम्ररी रक्तसंचार हुनुपर्छ । तर, उच्च रक्तचापको कारण रक्तप्रवाहमा अवरोध पैदा हुन्छ । फलस्वरूप यौन इच्छा घट्दै जान्छ ।

गर्भनिरोधक औषधि

गर्भनिरोधक औषधिले महिलाको टेस्टोस्टेरन लेभल कम गर्छ । जसले महिलालाई यौन इच्छा हुँदैन । यो औषधी एस्ट्रोजनले बनेको हुन्छ, जसलाई लामो समयसम्म सेवन गर्दा यौन जीवन खलबलिन्छ ।

मोटोपन

जुन व्यक्तिको तौल बढी हुन्छ, उसको फ्याट सेल एस्ट्रोजेन (फिमेल हर्मोन) उत्पादन गर्छ । यसले उनको यौन-रुचीमा कमी ल्याउँछ । नियमति व्यायम गर्नेको यौनक्रिया राम्रो हुन्छ, सक्रिय हुन्छ ।