एलर्जी हुँदा
एलर्जी हुँदा घाँटी खसखस गर्दै, चिलाए जस्तो हुने हुँदै लगातार खोकी समेत आउन सक्छ । जसले घाँटी, नाक र श्वासनलीको कोषलाई असर गर्छ ।
प्रदूषणका कारण
वायु प्रदूषणका कारण धुलो हाम्रो शरीरभित्र प्रवेश गर्छ र त्यसलाई शरीरले ग्रहण गर्न नसक्दा एलर्जी हुन्छ । जसकारण घाँटी खसखस गर्न थाल्छ ।
चिल्लो पिरो खाँदा
जाँडरक्सी, चुरोट, चिसो खानेकुरा र धेरै मात्रामा चिल्लो पिरो खाँदा पनि घाँटीमा खसखस हुन सक्छ ।
क्रोनिक साइनोसाइटिस
क्रोनिक साइनोसाइटिस जसमा नाकमा पिनास हुने व्यक्तिमा नाकबाट तरल पदार्थ बग्दै घाँटीतर्फ आउने हुँदा पनि त्यसले घाँटीमा खसखस हुन सक्छ ।
पाचनप्रणालीमा समस्या हुँदा
पाचनप्रणालीमा समस्या हुँदा मुखमा अमिलो पानी आइरहने बिरामी, ग्यास्ट्रिकको समस्या हुनेलाई पनि घाँटी खसखस हुन्छ । कहिलेकाहीं कुनै शारीरिक समस्या नभएका तर मानसिक तनाव हुँदा पनि यस्तो समस्या हुन्छ ।
उच्च रक्तचापको औषधि
उच्च रक्तचापको औषधि लामो समयसम्म खाने व्यक्तिमा पनि घाँटी खसखस गर्न सक्छ । पिनास, खानानलीमा ट्युमर हुँदा, घाँटीमा क्यान्सर हुँदा घाँटी खसखस गर्छ ।
जटिल रोगको संकेत पनि
प्रदूषणले गराउने एलर्जी बाहेक घाँटी खसखस गर्ने विभिन्न कारण हुन्छन् । यो सामान्य स्वास्थ्य समस्यादेखि जटिल रोगको संकेत पनि हुन सक्छ ।