भ्रम : डण्डीफोर रगत अशुद्ध भएर आउँछ ।
रगत अशुद्ध भएर डण्डीफोर कदापि आउँदैन । तर धेरैले रगत अशुद्ध भएर डण्डीफोर आउँछ भनेर कतै सुनेको भरमा रगत शुद्ध पार्ने औषधि खाने र रगत परीक्षण गरेको व्यापक देखिन्छ । जुन आवश्यक हुँदैन ।
भ्रम : सनस्क्रिन घरभित्र, पानी पर्दा र बादल लाग्दा लगाउनु पर्दैन ।
घरभित्र, पानी पर्दा र बादल लाग्दा पनि सूर्यको हानिकारक विकिरण यूभीए र यूभीबीको मात्रा उत्तिकै रहने हुँदा छालालाई सुरक्षा दिन सनस्क्रिन लगाउनैपर्छ ।
भ्रम : लेजर हेयर रिमुबल गरेपछि कहिले कपाल उम्रिदैन ।
कुनै पनि प्रविधि यस्तो छैन जसले शतप्रतिशत कपाल नआउने बनाउन सकोस् । लेजर हेयर रिमुबलले पनि ८ देखि ९ चरणसम्म कपाल निकालेपछि कपाल आउने प्रक्रियालाई ८० प्रतिशतसम्म मात्र रोक्न सक्छ ।
भ्रम : छालासम्बन्धी गरिने सौन्दर्य उपचार प्रक्रियाले कालान्तरमा अनुहार बिगार्छ ।
चिकित्सकको परामर्श लिएर अनुहारअनुसारको उत्पादन लगाउने हो। र, समस्या भएमा उपचार पनि निगरानीमा भएको छ भने छाला बिग्रिने सम्भावना न्यून हुन्छ ।
भ्रम : बालबालिकाले सनस्क्रिन लगाउनुपर्दैन ।
६ महिनाभन्दा मुनिको बच्चामा सनस्क्रिन लगाउनु हुँदैन । तर त्यसभन्दामाथिका बालबालिका खेल्ने कुद्ने र पढ्ने उमेरका हुन्छन् । जसकारण उनीहरुको छालाको सुरक्षाका लागि सनस्क्रिन जरुरी छ ।