+

शरीरमा कस्तो हर्मोन पैदा हुन्छ, जब हामी अङ्‌कमाल गर्छौं ?

भ्यालेन्टाइन्स डेभन्दा दुई दिन अघि हग डे मनाइन्छ । यो दिन मात्र होइन, हरेक दिन प्रेमिल जोडी मात्र नभई अभिभावक, भाइ, बहिनी, साथीभाइलाई अंकमाल गर्नुपर्ने विज्ञहरु बताउछन् । किनकि, अँगालो हाल्नुका स्वास्थ्यका हिसाबले पनि फाइदा धेरै छन् ।

के छन् फाइदा ?

Advertisement

मूड फ्रेस तुरुन्तै

अँगालो हाल्दा दिमागमा सेरोटोनिन हर्मोन अत्यधिक मात्रामा श्राव हुन्छ जसले मूड ताजा गर्न मद्दत गर्छ । अँगालो हाल्दा व्यक्तिको काम गर्ने क्षमता पनि बढ्छ ।

रक्तचाप कम हुन्छ

अँगालो हाल्दा रक्तचाप पनि कम हुन्छ । यस्तो शरीरमा अक्सिटोसिन हर्मोनको श्रावले हुन्छ । ५९ मानिसमाथि भएको एक अनुसन्धानअनुसार जो मानिस आफ्ना पार्टनरलाई अँगालो हालिरहन्छन् उनीहरुको रक्तचाप नियन्त्रणमा रहन्छ ।

तनाव कम हुन्छ

कुनै विशेष व्यक्तिलाई अँगालो हाल्दा स्ट्रेस हर्मोन कार्टिसोलको स्तर कम हुन्छ । अँगालो हाल्दा तनाव कम हुन्छ साथै व्यक्तिको स्मरणशक्ति पनि तीव्र हुन्छ ।

प्रतिरक्षा प्रणाली बलियो

अँगालो हाल्दा प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । शरीरमा सेतो रक्त कोषिका उत्पादनलाई नियन्त्रण गर्न मद्दत गर्छ। जसले स्वस्थ र रोगबाट मुक्त गराउँछ ।