
पेंगुइनहरूको प्रेम जीवन रोमान्चक र अद्भुत मानिन्छ । चिसो ठाउँका बस्ने पन्छी जोडी छान्न, रिजाउन खप्पिस हुन्छन् । एकअर्का प्रति समर्पित हुन्छन् ।

जीवनभरको साथी
धेरैजसो पेंगुइन प्रजातिहरू (जस्तै जेन्टू, चिन्स्ट्र्याप र एडेली) एकै साथीसँग जीवनभर बस्छन् । उनीहरूले हरेक वर्ष फेरि भेटेर बच्चा जन्माउँछन् । उनीहरु यति वफादारी हुन्छन् कि साथीको मृत्यु भए मात्र नयाँ छान्छन् ।
Advertisement

उपहार दिन्छन्
भाले पेंगुइनले वरपर रहेको ढुङ्गा खोजेर पोथीको अगाडि प्रस्तुत गर्छ । यदि पोथीले स्वीकार गर्छिन् भने, त्यो ढुङ्गालाई राखेर उनीहरूको प्रेमको प्रतीक बन्छ।

महिलाहरू नै छान्छिन् साथी
प्रायः पेंगुइन प्रजातिमा पोथीहरूले भाले छान्छिन् र प्रतिस्पर्धा गर्छिन् । पेंगुइनहरूमा ६२ प्रतिशत जोडीहरू अघिल्लो वर्षकै साथीसँग फर्किन्छन् ।