+

पेटमा हुन्छ सबैभन्दा बढी घातक एसिड

पेट शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । पेट दुरुस्त भएमा रोगले हतपत्त समात्दैन ।

हामीले खाएको खाना पनि पेटमा पुगेर पच्न सुरु हुन्छ । खाना राम्रोसँग नपचेमा एसिडीटीसँगै अन्य समस्या नहोला भन्न सकिन्न ।

Advertisement

खाना पचाउने पेटमा एक तेजाब हुन्छ । जसले खाना पचाउन मद्दत गर्छ । यसलाई ग्यास्ट्रिक जुस पनि भनिन्छ ।

ग्यास्ट्रिक जुसमा रहेको तेजाब मध्ये एक हो, हाइड्रोक्लोरिक एसिड । यो तेजाब कति घातक छ भन्ने कुरा त्यसको पिएच लेभलबाटै थाहा हुन्छ ।

पीएचको मान शून्य देखि १४सम्म हुन्छ । जुन एसिडको पीएच मान जति कम हुन्छ त्यति तेजाब तीव्र हुन्छ ।

हाइड्रोक्लोरिक एसिडको पीएच मान दुई हुन्छ । अर्थात् यो एसिड यति खतरनाक हुन्छ कि कुनै पनि वस्त्तुलाई पगाल्न सक्छ ।

यस अध्ययनले फलामलाई पनि पगाल्न सक्ने सामर्थ्य सो एसिड रहेको देखाएको छ ।

हाईड्रोक्लोरिक एसिड पेटलाई अम्लीय बनाउछ ।जसले जे खान्छौं त्यो पचाउने मात्र नभएर आन्द्रामा पुगेको ब्याक्टेरिया र भाइरसलाई पनि सखाप पार्छ ।

प्रत्येक दिन तीन देखि चार लिटर ग्यास्ट्रिक जुस बन्छ । यो जुसमा हाईड्रोक्लोरिक एसिड बाहेक अन्य रसायन पनि हुन्छ ।