टिकटकले सन् २०२५ मा नेपालबाट सबैभन्दा बढी खोजिएका शब्दको सूची सार्वजनिक गरेको छ । जसमा नेपाली प्रयोगकर्ताहरूले हिमाली ट्रेकिङ, प्राचीन संस्कृति र धार्मिक महत्वका ठाउँहरूमा बढी चासो देखाएका छन् ।
वर्षभरि घुम्न जाने गन्तव्य खोजेको कुन कुन ठाउँ परे ?
मुस्ताङ
मुस्ताङ टिकटकमा २०२५ को सबैभन्दा बढी खोजिएको घुमघाम गन्तव्य हो। लो मान्थाङको पुरानो शहर, तिब्बती गुम्बा र मरुभूमि जस्तो परिदृश्यले भरिएको यो ठाउँ ट्रेकरहरूको प्रिय छ। विशेष अनुमति लिएर घोडासवारी गर्दै मुक्तिनाथ पुग्ने यात्रा अविस्मरणीय हुन्छ ।
मनाङ
मनाङ दोस्रो लोकप्रिय खोज रहेको छ । यो ठाउँ गङ्गापूर्ण हिमतालको नीला पानी, प्राचीन ब्राका (ब्रगा) गुम्बा र वरिपरि घेरिएका हिमशृङ्खलाको लोभलाग्दो दृश्यले भरिएको छ । यहाँको संस्कृति—परम्परागत पोशाक, घाटु नृत्य र आतिथ्यपूर्ण जीवनशैलीले टिकटक क्रिएटरहरूलाई मोहित बनाएको छ ।
नर्थ अन्नपूर्ण बेस क्याम्प
नर्थ अन्नपूर्ण बेस क्याम्प अन्नपूर्ण क्षेत्रको नयाँ र कम भीडभाड भएको गन्तव्य हो । यो ट्रेक म्याग्दी जिल्लामा पर्छ, बेनी वा तातोपानीबाट सुरु हुन्छ। टिकटकमा यो ट्रेक ट्रेन्डिङ छ किनकि कम भीड, शान्ति र काँचो हिमाली सौन्दर्यले भाइरल भिडियोहरू बनेका छन्। ड्रोन शट, तालको प्रतिबिम्ब र सूर्योदयका क्लिपहरूले नेपाली युवाहरूलाई आकर्षित गरेको छ।
पशुपतिनाथ मन्दिर
काठमाडौँको बाग्मती किनारमा रहेको पशुपतिनाथ मन्दिर २०२५ मा सबैभन्दा बढी खोजिएको धार्मिक स्थल हो । सुनौलो छाना, चाँदीका ढोका र सयौँ साना मन्दिरले सजिएको यो क्षेत्र महाशिवरात्रिमा लाखौँ भक्तजनले भरिन्छ । आरती, शवदाह संस्कृति र प्राचीन वास्तुकलाले पर्यटकलाई आकर्षित गर्छ।
भीमसेनस्थान मन्दिर
दोलखाको छाना नभएको भीमसेन मन्दिर रहस्यमय कथाले टिकटकमा खोज बढाएको छ। व्यापार र शक्तिका देवताको पूजा गर्ने नेवार समुदायको आस्थाको केन्द्र मानिन्छ । त्रिकोणाकार कालो शिलाको मूर्ति कहिलेकाहीँ पसिना जस्तो तरल पदार्थ चुहाउँछ, जसलाई देशमा ठूलो विपत्ति (राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप वा दरबार घटना) आउने संकेत मानिन्छ।