+

नेपालको यी ४ आन्दोलन, जसले सत्ता पल्टाईदियो

२००७ सालको प्रजातान्त्रिक आन्दोलन

१०४ वर्ष लामो राणा शासनले जनतालाई शिक्षा, अधिकार, स्वतन्त्रता सबैबाट वञ्चित गर्‍यो ।सर्वसाधारण गरिबीमा, अशिक्षामा र दमनमा थिए; मात्र राणा परिवार विलासी जीवनमा थिए। यो व्यवस्थालाई उल्ट्याउन प्रजातन्त्र आन्दोलन नेपाली कांग्रेसका नेताहरूले भारतबाट सुरु गरे ।

राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिए । कांग्रेसले मुक्ति सेना गठन गरी सशस्त्र विद्रोह सुरु गर्‍यो। प्रहरी र सेनासँग लडाइँ हुँदा राणाहरूले हार मान्दै प्रजातन्त्र स्वीकार गरे। यसले राणा शासन समाप्त गरी संवैधानिक राजतन्त्र स्थापित गर्‍यो । जुन नेपालको इतिहसमा पहिलो संगठित क्रान्ति थियो।

Advertisement

२०४६ सालको जनआन्दोलन

२०४६ सालको जनआन्दोलन नेपाली कांग्रेस र संयुक्त वाम मोर्चाले संयुक्त रूपमा सुरु गरे। पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलनको माग बढ्दामा काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन सुरु भयो। प्रहरी दमन हुँदा हिंसात्मक बन्न पुग्यो। ५० दिनपछि राजा वीरेन्द्रले बहुदलीय प्रजातन्त्र स्वीकार गर्दा पञ्चायत समाप्त भयो ।

२०६२/६३ सालको दोस्रो जनआन्दोलन

२०६२/६३ सालको दोस्रो जनआन्दोलन सात दलिय गठबन्धन (नेपाली कांग्रेस, नेकपा एमाले आदि) र माओवादीहरूले सुरु गरे। राजा ज्ञानेन्द्रको फागुन १, २०६१ को प्रत्यक्ष शासनविरुद्ध २०६३ चैतमा हड्ताल र प्रदर्शन सुरु भयो।

करोडौं जनता सडकमा उत्रिए। १९ दिनपछि राजाले संसद् पुनर्स्थापना गर्दा राजतन्त्र समाप्त भई गणतन्त्रतर्फ बाटो खुल्यो।

२०८२को जेनजी आन्दोलन

जेनजीले सामाजिक न्याय, समानता र राजनीतिक सुधारको माग गर्दै आन्दोलन सुरु गर्‍यो । सामाजिक सञ्जाल र सडक दुवै मोर्चामा दबाब बढ्दै गए। प्रहरी दमनसँगै आन्दोलन अझ व्यापक बन्यो । सयौँ घाइते र ७० भन्दा बढीको ज्यान गएपछि यो राष्ट्रिय मुद्दा बन्यो ।

अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूले राजीनामा दिए र सरकारले अन्तरिम निर्वाचन घोषणा गर्न बाध्य भयो ।