
१. आपतकालको साथी
यो एउटा सानो बक्सा हो जसले हामीलाई अचानक आउने सानो देखि ठुला घटना, जस्तै चोट लाग्दा वा बिरामी हुँदा प्राथमिक उपचार गर्न मद्दत गर्छ।

तुरुन्त उपचार
यदि खेल्दा वा काम गर्दा सानो–मोटो घाउ, किराले टोक्यो वा हातखुट्टा मर्कियो भने, किटमा भएका ब्यान्डेज, एन्टिसेप्टिक क्रिम र पट्टी प्रयोग गरेर तुरुन्त उपचार गर्न सकिन्छ ।

ठूलो समस्या रोक्न सहयोग
धेरैपटक समयमा उपचार नभए, सानो चोट पनि गम्भीर बन्न सक्छ । सुरक्षा किटले यस्तो समस्या रोक्नमा मद्दत गर्छ ।

समय र पैसाको बचत
स-सानो चोटपटकका लागि चिकित्सक कहाँ जाँदा समय र पैसा सकिन्छ । यो किट घरमै भएमा तपाईं आफैँले प्राथमिक उपचार गर्न सक्नुहुन्छ ।

यात्राको लागि आवश्यक
जब हामी कहीँ बाहिर जान्छौं, त्यो सुरक्षा किट सधैं राख्नु बहुत जरुरी हुन्छ । अनजान ठाउँमा केहि भई हालेमा चिकित्सक को पहुँच नहुने सम्भावना हुन्छ ।

बच्चोको सुरक्षाको लागि
बच्चा प्राय खेल्दा लड्ने, कतै ठोकिन्ने सम्भावनाले चोट लाग्न सक्छ । त्यसैले, उनीहरूसँग एउटा सानो सुरक्षा किट सधैं हुनुपर्छ र स्कूल ब्यागमा पनि राख्नु धेरै महत्त्वपूर्ण छ।