+

यी हुन् ५ नेपाली मौलिक परिकार

१. वाचिप्पा

पूर्वी नेपालको किराँत समुदायको विशेष परिकार हो, वाचिप्पा । यसमा चामल, कुखुराको भुत्ला डढाएर निकालिएको धुलोमा आन्द्राभुडी, कलेजो, खुट्टा र पखेटा मिसाएर पकाइन्छ । यो किराँतहरुको चाडपर्वहरुमा बनाइने रैथाने परिकार हो ।

चुकौनी

पश्चिम नेपालको पाल्पा क्षेत्रको लोकप्रिय चुकौनी एक रिफ्रेसिङ सलाद/अचार हो । उमालेको आलु, दही, काँचो प्याज, हरियो खुर्सानी, धनिया र मसला मिसाएर बनाइन्छ । यो तातो वा चिसो खान सकिन्छ। सेल रोटी, चामल वा रोटीसँग साइड डिशको रूपमा मज्जा लिन सकिन्छ ।

Advertisement

समयबाजी

नेवारी समुदायको कुनै पनि उत्सवलाई विशेष बनाउने परिकार हो, समयबाजी । यसमा बारा, चटामरी, यमरी, मासु, अण्डा, बटुक, आलु, कुराउनी आदि  हुन्छन् । यो समुदायमा पूजा र चाडपर्वमा अनिवार्य परिकार मानिन्छ । यो प्लेटरले नेवारी संस्कृति, स्वाद र विविधताको सुन्दर संयोजन झल्काउँछ ।

भक्का

पूर्वी नेपाल (झापा, मोरङ) को राजवंशी/थारु समुदायको परम्परागत भक्का एक उसिनेको चामलको परिकार हो । चामलको पिठो र पानीबाट मात्र बनाइन्छ। माघे संक्रान्ति र जाडोमा विशेष लोकप्रिय छ। हल्का, स्पन्जी र सादा स्वादमा विभिन्न अचारसँग मज्जा लिइन्छ ।

सेल रोटी

नेपालको सबैभन्दा प्रिय चाडपर्वको परिकार हो, सेल रोटी । बिहे होस् वा व्रतबन्ध, कुनै पनि चाडपर्वमा सेल रोटी बनेकै हुन्छ । चामलको पिठो, चिनी र घिउबाट बनाइने गोलाकार रोटी हो । यो बाहिर रकुरे, भित्र नरम हुन्छ ।