डबल लेयर रिङ डिजाइन
बजारमा डबल लेयर रिङ डिजाइनका धेरै प्रकार पाइन्छ । यसको पहिलो तहमा हीरा, दोस्रो तह फूल डिजाइन देख्न सकिन्छ । हीरा र चाँदीमा पनि यो डिजाइन बजारमा उपलब्ध छन् ।
वेडिङ रिङ
विवाहको औंठीहरू सबैभन्दा धेरै खोजिएका हुन्छन् । विवाहको सिजनमा सबैभन्दा बढी यसको माग बजारमा हुन्छ । सामान्यतया विवाहमा लगाउने औंठी सुन, चाँदी वा प्लेटिनमबाट बनेका हुन्छन् ।
विवाहित जोडीहरूले औंठीलाई आफ्नो प्रेम र प्रतिबद्धताको प्रतीकको रूपमा लगाउँछन् । बेहुलीले गहनाको सेटको औंठी लगाउँछन् । जसमा बढी गोलो सिक्का, असर्फी लगाउने गर्छन् । त्यस्तै अहिले हीराका औंठी पनि प्रचलनमा आएको छ ।
इन्गेजमेन्ट रिङ
विवाहअघि औंठी साटासाट गर्ने चलन विश्वव्यापी रुपमै छ । महिलाले लगाउने औंठी गोलाकार खालको हुन्छ, टेम्पल, रत्न भएको, स-साना पत्त्थर हालेको, डबल लियर विभिन्न डिजाइनमा हुन्छन् । सुनमा पत्थर राखेर बनाइएका औंठीहरु बढी चल्तीमा छन् । पुरुषले भने सिंगल पत्थर भएको औंठी बढी रचाउने गरेका छन् ।
फ्लोरल रिङ
फ्लोरल डिजाइनको औंठी पछिल्लो समय महिलाको रोजाइमा परेको छ । फूलको डिजाइनमा बनाइने यो औंठी सिंगल र डबल डिजाइनमा पाइन्छ ।
टेम्पल रिङ
टेम्पल रिङ अहिले निकै रुचाइएको औंठी हो । यो महिलाले लगाउने गर्छन । चाँदी, सुनमा बन्ने गर्छ । यो रिङ पार्टी, अफिस जाँदा लगाउन सकिन्छ । यो पनि २२ क्यारेट र २४ क्यारेटमा आउँछ ।
हार्ट सेप रिङ
प्रेमिकालाई उपहार दिन उत्कृष्ट रिङ हार्ट सेप रिंग राम्रो विकल्प हुन सक्छ । महिलाहरुलाई मुटुको डिजाइन भएको यो औंठी अत्यधिक मन पराउँछन् । यो औंठी दैनिक रुपमा लगाउन सकिन्छ, किनभने यसको डिजाइन एकदम सरल छ ।
बेरुवा औंठी
पुरुष तथा महिलाले दैनिक रुपमै लगाउन सुनको बेरुवा औंठी रोज्ने गरेको पनि पाइन्छ । कलेज, अफिस होस् वा कुनै समारोह यो औंठी लगाउन सकिन्छ ।