+

यसरी सुरु भयो गुगलको सुरुवात

गुगलको सुरुवात  सन् १९९८ मा अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका दुई विद्यार्थी ल्यारी पेज र सर्गेई ब्रिनले गरेका थिए।

उनीहरुले 'ब्याकरब' नामक सर्च इञ्जिनलाई विकसित गर्दै त्यसलाई पछि गुगल नाम दिए ।

Advertisement

क्यालफोर्नियाको एउटा सानो ग्यारेजबाट गुगलको सुरुवात भएको थियो । इन्टरनेटको जानकारी छिटो र सही दिन सक्ने क्षमताका कारण यो चाँडै फैलियो।

सन् २००४ मा गुगलले सेयर बजारमा पाइला राखेपछि यसको आर्थिक मूल्य एकाएक बढ्न थाल्यो।

आज गुगल अल्फाभेट इंक सहितको बजार मूल्य २ ट्रिलियन डलरभन्दा माथि पुगेको छ। गुगलको कमाईको सबैभन्दा बढी हिस्सा विज्ञापनबाट आउँछ ।

गुगलका संस्थापकहरू विश्वकै अर्बपतिहरूमा पर्छन् । कम्पनीले लाखौं मानिसलाई रोजगारी दिएको छ। हाल गुगल १०० भन्दा बढी देशमा छ । यसको दैनिक प्रयोगकर्ता अर्बौंमा छन्।

हाल ल्यारी पेज र सर्गेई ब्रिन गुगल कम्पनीमा सक्रिय छैनन् । तर, उनीहरुसँग भोटिङ अधिकार भने अहिले पनि छ । जसले गर्दा उनीहरु कम्पनीको फैसलामा दखल राख्छन।

गुगलका वर्तमान कार्यकारी अध्यक्ष सुन्दर पिचाई अल्फाबेट इंकको पनि कार्यकारी अध्यक्ष हुन् । अल्फाबेट इंक गुगलको पुनःसंरचनापछि स्थापना गरिएको मूल कम्पनी हो। यसले गुगलसहित युट्युब, वेइमो, डिपमाइन्ड, भेरिलीजस्ता अन्य सहायक कम्पनीहरूलाई समेटेको छ।

एआई, क्लाउड कम्प्युटिङ, एड टेक र स्मार्ट डिभाइसहरूमा समेत गुगलको पहुँच बलियो बन्दै गएको छ। गुगलमा हरेक सेकेन्ड लगभग ९९ हजार सर्च क्वेरी प्रोसेस गर्छ । जुन सबैभन्दा ठुलो आकडा हो ।

आज गुगल केवल सर्च इञ्जिन होइन, डिजिटल संसारकै सबभन्दा प्रभावशाली, धनी र पहुँचयुक्त प्रविधि कम्पनी बनिसकेको छ।

सर्च इञ्जिन बाहेक युट्युब, जीमेल, एन्ड्रोइड, गूगल म्याप्स, क्रोमजस्ता सेवा प्रदान गर्दै गुगलले विश्वभर आफ्नो प्रभुत्व कायम गरेको छ।