गोमन (कोब्रा)
गोमन तराई क्षेत्रमा बढी पाइन्छ । यसको लम्बाइ १.५ देखि २ मिटरसम्म हुन्छ । पछाडि चश्माजस्तो चिन्ह हुन्छ । त्यस्तै, चन्द्रनाग (एउटा गोलो थोप्लो भएको गोमन) पहाडी क्षेत्रमा बढी भेटिन्छ । यसको लम्बाइ १ देखि २ मिटर हुन्छ ।
करेत
सामान्य करेत तराई क्षेत्रमा प्रशस्त पाइने विषालु सर्प हो । रातिको समयमा बढी सक्रिय हुने यो सर्प घरभित्र पस्ने बानीका कारण मानव बस्तीमा समेत भेटिने गर्छ । यसको लम्बाइ करिब १ देखि १.५ मिटरसम्म हुन्छ भने शरीरमा कालो र सेतो रंगका धर्सा हुन्छन् । नेपालमा करेतका ६ भन्दा बढी प्रजाति पाइने गरेको तथ्यांक छ ।
भाइपर
भाइपर मुख्यतः तराई क्षेत्रमा पाइन्छ। यसको लम्बाइ सामान्यतया १ देखि १.५ मिटरसम्म हुन्छ। खतरा महसुस गर्दा यसले ‘स्वाँ–स्वाँ’ आवाज निकाल्ने भएकाले यसलाई सुस्कार सर्प पनि भनिन्छ।
राजगोमन (किङ कोब्रा)
यो संसारकै सबैभन्दा लामो विषालु सर्प हो। लम्बाइ ३ देखि ५ मिटर वा बढी पनि हुन सक्छ । यसको मुख्य खानेकुरा अन्य सर्पहरू नै हुन् । नेपालको तराईदेखि पहाडी क्षेत्र काठमाडौं, पोखरा, रामेछाप आदि क्षेत्रमा पाइन्छ । घरभित्र पसेर टोकेर मृत्यु भएको घटना छैन । उद्धार गर्ने क्रममा एउटा घटना भएको थियो ।