+

भिजेको बदाम खाँदा के हुन्छ ?

बदाममा स्वस्थ चिल्लोसँगै भिटामिन, प्रोटिन र खनिज जस्ता पौष्टिक तत्त्व पनि हुन्छन् । बदाम विशेष गरी म्याग्नेसियम र भिटामिन ई ले भरिपूर्ण हुन्छ । बदाममा कार्बोहाइड्रेडमा भने कम हुन्छ । यी फाइदा दैनिक ५ वटा भिजेको बदाम खाँदा हाम्रो शरीरले पाउँछ ।

पाचनमा सहयोग

बदाम खाँदा भेटमा अहसज लाग्न सक्छ, तर बदाम पाचनका लागि लाभदायक हुन्छ। भिजेको बदामले ट्यानिन र फाइटिक एसिड कम गर्छ, जसले गर्दा पाचनमा मद्दत गर्छ र पेट फुल्नबाट रोक्छ ।

Advertisement

ऊर्जा स्तर बढाउँछ

बदाम तत्काल ऊर्जा दिने खानेकुरा हो । यसमा स्वस्थ चिल्लो, प्रोटिन र फाइबर हुन्छ, र दिनभरि बिस्तारै ऊर्जा निस्कन्छ । यसले दिनभरि स्थिर ऊर्जा स्तर कायम राख्छ ।

छाला स्वस्थ राख्छ

बदाममा भिटामिन ई हुन्छ, जुन छालाका लागि एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसले छालाका कोषहरूलाई जोगाउँछ र सूर्यको सम्पर्क वा प्रदूषणबाट हुने क्षतिलाई रोक्छ । यसले छालालाई सुख्खा हुनबाट बचाउँछ ।

मुटुको स्वास्थ्य सुधार

बदामले खराब कोलेस्टेरोल कम गर्न मद्दत गर्छ । बदामको सेवनले राम्रो कोलेस्टेरोल बढ्द । कोलेस्टेरोल नियन्त्रणमा रहनु भनेको मुटुको स्वास्थ्यका लागि निधै राम्रो कुरा हो ।

स्मरणशक्ति बढाउँछ

बदाम स्मरणशक्ति बढाउन लाभदायक हुन्छ । यसमा रिबोफ्लेभिन हुन्छ, जसले मस्तिष्कको कार्य सुधार गर्न मद्दत गर्छ ।

तौल ठीक राख्न मद्दत गर्ने

बदाम पौष्टिक र उच्च क्यालोरी हुन्छ । यद्यपि, भिजेको बदाम खाँदा क्यालोरी कम हुन्छ, जसले पेट भर्ने मात्र होइन तर तृष्णा पनि कम गर्छ। यसमा रहेको फाइबरको मात्राले तौल कायम राख्न मद्दत गर्छ । विस्तृतमा पढ्न दिइएको लिंकमा थिच्नुहोस्  ।  www.onlinekhabar.com/2026/05/1934288