+

स्क्रिन टाइम बढी हुँदा के हुन्छ ?

स्क्रिन टाइम, अर्थात् मोबाइल, टिभी र कम्प्युटरमा बिताइएको समय, अहिले हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनेको छ। अभिन्न हिस्सा बन्दै गइरहेको समयमा यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा स्वास्थ्य समस्या पनि निम्त्याइरहेको छ ।

डोपामिनको लत

सोसल मिडियामा लाइक्स पाउँदा वा भिडियो गेममा जित्दा दिमागबाट डोपामिन नामको हर्मोन निस्कन्छ, जसले हामीलाई खुशी महसुस गराउँछ। यही कारणले हामी त्यस्ता गतिविधिमा बारम्बार आकर्षित भई डोपामिनको लत लाग्छ।

Advertisement

ध्यान अवधि घट्नु

निरन्तर नोटिफिकेशन आउनु र नयाँ–नयाँ जानकारी हेर्दै जाँदा दिमागलाई एउटै काममा केन्द्रित गर्न गाह्रो हुन्छ। यसले गर्दा हाम्रो एकाग्रता गर्ने क्षमता बिस्तारै कम हुन्छ।

निन्द्रामा असर

स्क्रिनबाट निस्कने नीलो प्रकाशले शरीरको सर्केडियन रिदम लाई बाधित गर्न सक्छ। यही जैविक घडीले हामीलाई कहिले उठ्ने र कहिले सुत्ने संकेत दिन्छ।

मानसिक स्वास्थ्यमा असर

]सोसल मिडियामा अरूको 'सिद्ध जीवन' देख्दा आफूलाई तुलना गर्ने भावना पैदा हुन्छ। यसले चिन्ता र डिप्रेशन जस्ता समस्या बढ्न सक्छन्।

स्मरणशक्ति कम हुनु

जानकारीलाई केवल हेर्दा (जस्तै भिडियोमार्फत) दिमाग त्यसलाई गहिरो रूपमा प्रोसेस गर्न सक्दैन। तर, त्यसलाई आफैं पढ्दा वा अनुभव गर्दा धेरै सक्रिय हुन्छ। यही कारणले हाम्रो याददाश्त कमजोर बन्दै जान्छ।

न्युरोप्लास्टिसिटीमा असर

बालबालिकामा न्युरोप्लास्टिसिटी (दिमागको लचिलो विकास क्षमता) सबैभन्दा बढी हुन्छ। तर अत्यधिक स्क्रिन टाइमले उनीहरूको दिमागको विकासमा अवरोध ल्याउन सक्छ र सिर्जनशीलता तथा समस्या समाधान गर्ने क्षमतामा नकारात्मक असर पार्न सक्छ।