क्रिस्टियानो रोनाल्डो विश्वका महान फुटबल खेलाडीमध्ये एक हुन् । उनको जीवनशैली अत्यन्त अनुशासित, फिटनेस केन्द्रित र मेहनतमा आधारित छ । उनी आफ्नो करियर लामो समयसम्म शीर्ष स्तरमा राख्न निरन्तर मेहनत गरिरहेका छन् ।
फिटनेसप्रतिको मोह
क्रिस्टियानो रोनाल्डोले फिटनेस राख्न दैनिक रूपमा कडा अनुशासन अपनाउँछन् । उनी नियमित अभ्यास, जिम र कार्डियो गर्छन् । मांसपेशी बलियो बनाउन स्ट्रेन्थ ट्रेनिङ पनि गर्छन् । सन्तुलित आहार लिन्छन् । रिकभरी अभ्यास र स्ट्रेचिङ पनि गर्छन् ।
स्वास्थ्यकर खानपान
'द सन'सँग कुराकानी गर्दै उनले स्वस्थ जीवनका लागि सन्तुलित आहारलाई प्राथमिकता दिने बताएका छन् । दिनमा ५–६ पटक सानो खाना खाने, माछा, चिकेन, सलाद र फलफूल प्राथमिकता दिने उल्लेख गरेका छन् । फास्टफुड, चिनी र मदिराबाट टाढा बस्छन् ।
अभ्यास र प्रशिक्षण
रोनाल्डो नियमित रूपमा मैदानमा अभ्यास गर्छन् । बल नियन्त्रण, गति, फिनिशिङ र शारीरिक क्षमता सुधारमा उनी विशेष ध्यान दिन्छन् । अभ्यास नै उनको सफलताको मुख्य आधार हो ।
जिम र शरीरको सन्तुलन
उनको दैनिक जीवनमा जिम प्रशिक्षण महत्वपूर्ण हुन्छ। शक्ति अभ्यास, कार्डियो र शरीर सन्तुलनका अभ्यासले उनलाई खेलका लागि सधैं तयार राख्छ । रोनाल्डो आराम र शरीरलाई जोसिलो बनाइरहनेमा ध्यान दिन्छन् । पर्याप्त निद्रा, मसाज र रिकभरी प्रक्रियाले उनको प्रदर्शन उच्च स्तरमा राख्न मद्दत गर्छ ।
परिवारसँग सम्बन्ध
क्रिस्टियानो रोनाल्डो आफ्नो व्यस्त फुटबल करियरका बाबजुद परिवारलाई समय दिन महत्वपूर्ण मान्छन्। उनी प्रायः आफ्ना छोराछोरीसँग समय बिताउँछन्, सामाजिक सञ्जालमा परिवारका तस्बिर साझा गर्छन् ।