अक्सिजन ढुवानी
रगतले फोक्सोबाट अक्सिजन लिएर शरीरका विभिन्न कोषिकामा पुर्याउँछ, जुन ऊर्जा उत्पादनका लागि आवश्यक हुन्छ।
पोषक तत्व वितरण
रगतले पाचन प्रणालीबाट ग्लुकोज, भिटामिन र खनिजहरू शरीरका विभिन्न अंगहरूमा पुर्याउँछ।
Advertisement
फोहोर हटाउँछ
रगतले कोषिकाहरुबाट कार्बन डाइअक्साइड र अन्य फोहोर पदार्थहरू मिर्गौला र फोक्सोमार्फत बाहिर निकाल्छ।
रोग प्रतिरोध
सेता रक्त कोषिका, ब्याक्टेरिया, भाइरस र अन्य रोगजनकहरूसँग लडेर रोग प्रतिरोधी क्षमता बढाउँछ ।
रक्तस्राव नियन्त्रण
रक्त प्लेटलेटहरू र क्लटिङ कारकहरूले घाउ लाग्दा रक्तस्राव रोक्न रक्त जम्ने प्रक्रिया शुरू गर्छ।