+

कपालमा तेल लगाउने सही समय कुन ?

तेलले कपालको जरालाई पोषण दिन्छ, स्काल्पलाई मुलायम बनाउँछ र रक्तसञ्चार सुधार गरेर कपालको वृद्धि बढाउन मद्दत गर्छ । तर, यी सबै फाइदा प्राप्त हुन तेल लगाउने उचित समय थाहा हुनुपर्छ ।

कति बेला लगाउने ?

कपालमा तेल लगाउने सबैभन्दा राम्रो समय नुहाउनुअघि हो । जब तपाईं नुहाउनुभन्दा ३० मिनेटदेखि १ घण्टा अघि कपालमा तेल लगाउनुहुन्छ, यसले कपाललाई स्याम्पु र पानीको सुक्खापनबाट जोगाउँछ ।

Advertisement

स्याम्पुमा रहेका केमिकलहरूले कपालको प्राकृतिक तेल हटाउन सक्छन्, तर नुहाउनुअघि तेल लगाउँदा कपालमा एक प्रकारको सुरक्षा तह बनाउँछ । साथै, तेल मसाज गर्दा टाउकोमा रक्तसञ्चार बढ्छ, जसले कपालको जरा बलियो बनाउँछ ।

नुहाएपछि तेल लगाउनु कति उपयुक्त ?

धेरै मानिसहरूको बानी हुन्छ, नुहाएलगत्तै भिजेको कपालमा तेल लगाउने । तर, यो बानी सही होइन । भिजेको कपाल कमजोर हुन्छ र त्यतिबेला तेल लगाउँदा धुलो र फोहोर सजिलै टाँसिन सक्छ ।

तालु सुख्खा भई ड्यान्ड्रफ (चायाँ) वा फंगल संक्रमण हुने सम्भावना बढ्छ । नुहाएपछि यदि कपाल धेरै सुख्खा छ भने तेलको सट्टा हल्का हेयर सिरम, एलोभेरा जेल वा लिभ–इन कन्डिसनर प्रयोग गर्नु राम्रो हुन्छ । यसले कपाललाई नरम बनाउँछ ।