‘फाइन मोटर स्किल’
पाँच वर्षभन्दा कम उमेरका बच्चाका लागि ‘फाइन मोटर स्किल’ खेलौना छनोट गर्नुपर्छ । यस्तो खेलौनाले केही कुरा समात्न हात, औंला, नाडी र मांसपेशीहरूको प्रयोग गर्न सिकाउँछ । मस्तिष्कको क्षमता बलियो पार्छ ।
नरम बल, जनावरको आकृति खेलौना
बालबालिकालाई नरम बल दिइयो भने उनीहरूले हात र खुट्टाले हिर्काउँछन् । जनावरको आकृति दिइयो भने हातले समात्छन् । यी सीपमार्फत बच्चाहरूले आफ्नो आँखा, हात, औंलाहरू र नाडीहरूको समन्वय गर्न सिक्छन् ।
पेगबोर्ड
पेगबोर्डले समस्या समाधान गर्ने र संज्ञानात्मक सीप विकास गर्न सहयोग गर्छ । खेलौनाले वास्तविक जीवन कौशलहरूसँग जोड्न र उनीहरूको कल्पनालाई कार्यमा बदल्न मद्दत गर्छ ।
चुम्बकीय अक्षर
चुम्बकीय अक्षरहरू पनि यस उमेरका बच्चाका लागि उत्तम खेलौना हुनसक्छ । यसबाट बालबालिकामा अंग्रेजी र नेपाली अक्षर चिन्न सक्छन्, साथै अक्षर पनि चिन्न सक्छन् ।
ब्लक
काठको ब्लक वा नरम ब्लकहरूले बच्चालाई सन्तुलनको अवधारणा बुझ्न सहयोग गर्छ । बच्चाहरू खेलौना साथीसँग मिलेर खेल्छन् भने सामाजिक कौशल पनि विकास हुन्छ । आकार क्रमबद्ध गर्दा उनीहरूमा समस्या समाधान गर्ने क्षमताको विकास हुन्छ ।
व्यावहारिक खेलौना
यस उमेरमा परिवारको सदस्य वा अन्य कुनै पात्रको रूपमा लुगा लगाउने र उनीहरूको गरेको कामको नक्कल गर्छन् । किचेन सेट, डलहरु, क्यारेक्टर भेषभूषा लगायतका खेलौनाले बच्चाको कल्पना शक्ति बढाउँदै सामाजिक र भावनात्मक सीपहरू विकास गर्छ ।
साइकल वा अन्य आउटडोर खेलौना
साइकल, स्कुटर, फुटबल, ब्याट बल, ब्याडमिन्टन र अन्य यस्ता आउटडोर खेलहरू यो उमेरमा बच्चाका लागि उत्तम हुन्छ । आउटडोर खेलौनाबाट बाहिरी वातावरणसँग घुलमिल भै सामाजिक, भावनात्मक तथा शारीरिक विकासमा सहयोग पुग्छ ।
चेस वा अन्य बोर्ड खेलहरू
चेस, सर्प लगायत अन्य बोर्ड गेमहरूले बच्चालाई स्क्रिनबाट टाढा राख्छ ।यी खेलहरूले उनीहरूको ध्यान केन्द्रित गर्न सक्ने क्षमतालाई पनि बढाउँछ । समस्या समाधान गर्ने सीप विकास गर्न यस्ता खेल उपयोगी हुन्छन् ।