+

कटहरसँग के-के मिसाएर खानु हुँदैन ?

यतिबेला धेरैको भान्सामा कटहरको तरकारी पाक्छ । यसमा पोटासियम, आइरन, क्याल्सियम, जिंक, भिटामिन-ए र भिटामिन-सी प्रशस्त मात्रामा पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

यद्यपि कटहरसँग कतिपय खानेकुरा आपसमा मिलाउन हुँदैन भन्ने धारणा छ । कटहरसँग ती खानेकुराको गुणधर्म आपसमा नमिल्दा त्यो विषाक्त हुन पुग्छ ।

Advertisement

कटहरमा के-के मिसाएर खानु हुँदैन ?

कटहरसँग दूध मिसाएर खानु हुँदैन । दूधमा मधुरस हुन्छ र त्यसको विपरीत गुण कटहरमा हुन्छ, जुन एकसाथ खाँदा विषाक्त बन्छ । त्यस्तै कटहर खाने बित्तिकै विपरीत गुण भएको मेवा पनि खानु हुँदैन । खाएपछि तुरुन्तै मेवा खाँदा शरीर सुन्निने सक्छ ।

धेरैलाई खाना खाएपछि पान खाने बानी हुन्छ । तर कटहर खाने बित्तिकै पान खानु हुँदैन । कटहर खाएपछि तुरुन्तै पान खाँदा विभिन्न स्वास्थ्य समस्या आउन सक्छ ।

त्यस्तै, कटहर खाएपछि मह पनि खानु हुँदैन । मह र कटहर खानु शरीरको लागि विषाक्त हुन्छ ।

मिसाएर खाँदा के हुन्छ ?

हरेक मान्छेमा पाचन क्षमता छिन्नभिन्न हुन्छ । कसैले भारी भोजन पनि मज्जाले पचाइदिन्छन् त कसैले सामान्य भोजन पनि पचाउन सक्दैनन् । कटहरसँग यी खानेकुरा मिसाएर खाँदा पाचनसम्बन्धी समस्या हुन्छ । छालाको समस्या हुने, एलर्जी तथा शरीर सुन्निने लगायत समस्या हुन सक्छ ।

कसले खानु हुँदैन ?

दमको समस्या भएको व्यक्ति र पाचनप्रणाली एकदमै कमजोर भएका व्यक्तिको लागि भने कटहरको तरकारी उपयुक्त हुँदैन ।