
धेरैलाई लाग्छ, घुर्ने समस्या एउटा बानी मात्र हो । अनि, यसरी घुर्नुको बेफाइदा अरूलाई सुत्न डिस्टर्ब गर्नु मात्रै हो । तर, यो बानी स्वास्थ्य समस्याको कारण बन्न सक्छ ।

यो समस्या आफूलाई थाहा नहुने तर भित्रभित्रै मन र शरीरको भागहरू बिगार्न सक्ने समस्या हो । व्यक्ति भित्रभित्रै छट्पटिरहेको हुन्छ । घुर्दा नाक बन्द भई मुखबाट सास फेरिन्छ ।

यसरी मुखबाट सास फेर्दा कहिलेकाहीँ नाक पूरै बन्द भई सास रोकिने अवस्था आउनसक्छ । एकैछिन सास रोकिए पछि झसंग ब्यूँझिन्छ । यो अवस्थालाई चिकित्सकीय भाषामा ‘अब्स्ट्रक्टिभ स्लिप एप्निया’ भन्ने गरिन्छ ।

नाक, घाँटी र श्वासनलीमा कुनै अवरोध भएमा, नाकको दायाँ र बायाँ प्वालको भित्रपट्टी केही समस्या भयो भने हुन्छ ।

मासु पलायो वा केही समस्या भयो भने पनि घुर्ने हुनसक्छ । जिब्रोको फेद र टन्सिलको एरियामा ‘ओरोफेरिङ्स’ भन्ने हुन्छ । त्यसमा केही अवरोध हुँदा पनि सुत्दा घुर्ने हुन्छ ।

अर्को नाकमा हुने एलर्जीको कारणले पनि हुनसक्छ । नाकको एलर्जीको कारण नाकमा मासु पलाउन सक्छ । जसले वायुमार्ग बन्द गर्न सक्छ ।

यस्तो समस्या भएका व्यक्तिहरू बिहान उठ्दा मुख सुख्खा भएको महसुस गर्छन्, घाँटी दुख्छ, ताजगी महसुस हुँदैन। दिनभर निद्रा लाग्ने, विशेषगरी खाना खाइसकेपछि सुत्न मन लाग्ने लक्षण देखिन्छ ।

रातभरि घुर्दा समान्य अवस्थामा जस्तो शरीर अक्सिजन प्रवेश गर्न पाउँदैन । शरीरलाई अक्सिजनको मात्रा कमी हुन सक्छ । अनि अक्सिजनको कमी भयो भने शरीरमा कार्बन डाइअक्साइड बढ्न सक्छ ।

त्यो बढेको कार्बन डाइअक्साइडले मुटुलाई पनि असर गर्न सक्छ । कहिलेकाहीँ रातको समयमा निद्रामै सास रोकिने कारणले ज्यान जान सक्ने अवस्था पनि आउँछ ।

मोटा व्यक्ति, ठूलो घाटी भएका, गाला फुलेका, भुँडी ठूलो भएका मानिसमा बढी देखिन्छ । तर, कहिलेकाहीँ पातला व्यक्तिमा पनि यो समस्या देखिन्छ, खासगरी सेन्ट्रल कारणका आधारमा । बच्चाहरूमा एडेनोइड ग्रन्थी ठूलो हुँदा पनि यस्तो समस्या देखिन्छ ।

सुत्नेसँगैको व्यक्तिलाई रातभर डिस्टर्ब हुन्छ । सुत्ने साथीलाई पनि रातभरि डिस्टर्ब हुन्छ । त्यसले गर्दा सम्बन्धहरु पनि बिग्रिन्छ । यही घुर्ने कारणले कतिजनाको सम्बन्ध विच्छेद भएका घटनाहरू पनि हामीले सुन्छौं ।

सबैभन्दा पहिले नाकको इन्डोस्कोपी गरेर अवरोध कहाँ छ भनेर हेर्नुपर्छ । नाकको दुलोभित्र सानो मासुको डल्लो पनि हुन सक्छ हुन्छ । त्यो भाग ठूलो हुँदा घुर्ने समस्या हुन्छ ।

यदि अब्स्ट्रक्टिभ स्लिप एप्निया भएको शंका छ भने (स्लिप स्टडी पोलिसोमनोग्राफी) गर्नुपर्छ । यो एक स्लिप स्टडी हो । यसबाट रातभर सुत्दा सास कति पटक रोकियो, अक्सिजन कति घट्यो, मुटुको चाल कस्तो भयो भन्ने सम्पूर्ण विवरण आउँछ ।