+

शिशुलाई कुन उमेरमा कुन खोप दिनुपर्छ ?

जन्मिनेबित्तिकै बीसीजी

जन्मिनेबित्तिकै शिशुलाई बीसीजी खोप लगाउनुपर्छ । यसको लागि शुल्क लाग्दैन । बीसीजी खोपले शिशुलाई क्षयरोगबाट बचाउने काम गर्छ ।

४-४ हप्ताको फरकमा डीपीटी र हेपाटाइटिस बीविरुद्धको खोप

शिशुलाई ४-४ हप्ताको फरकमा डीपीटी र हेपाटाइटिस बीविरुद्धको खोप दिनुपर्छ । यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमाफिलस बीबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ ।

Advertisement

पोलियोको खोप

पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियोमाइलाइटिसबाट जोगाउँछ । शिशु ६ हप्ता र १४ हप्ता भएपछि एफआईपीभी पनि दिइन्छ । दुई पटक दिनुपर्ने यो खोपले रोटा भाइरसद्वारा हुने पखालाविरुद्ध काम गर्छ ।

६ हप्ता, १० हप्ता र ९ महिनामा पीसीभी खोप

६ हप्ता, १० हप्ता र ९ महिनामा पीसीभी खोप लगाइन्छ । यो तीन पटक दिइन्छ, यसले न्युमोकोकसबाट हुने मेनिजाइटिस र निमोनियाबाट बचाउँछ ।

९ महिना र १५ महिनाको उमेरमा दादुरा-रुबेला विरुद्धको

९ महिना र १५ महिनाको उमेरमा दादुरा-रुबेला विरुद्धको दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ ।

१२ महिनाको उमेरमा जेई खोप

१२ महिनाको उमेरमा जेई खोप दिइन्छ । यसले जापनिज इन्सेफलाइटिसबाट बचाउँछ । यसले शिशुलाई धनुष्टंकार र भ्यागुते रोगबाट बचाउँछ ।