+

लिच्ची किन खाने ?

बजारमा अहिले ताजा र रसदार लिच्ची जताततै पाइन्छ । यो स्वादिलो फल किनिहाल्नुहोस्, किनकि यसका फाइदाहरू पनि अनगिन्ती छन्। के के छन् त फाइदा ?

पोषक तत्त्वको खजाना

लिच्चीमा भिटामिन सी, भिटामिन बी-कम्प्लेक्स, पोटासियम, र म्याग्नेसियम प्रशस्त हुन्छ। भिटामिन सीले रोग प्रतिरोधक क्षमता बढाउँछ।

Advertisement

एन्टिअक्सिडेन्ट

दिनहुँ लिच्ची खाने हो भने यसमा हुने पोलिफेनोल्स र फ्ल्याभोनोइड्सले फ्री रेडिकल्ससँग लड्छ, जसले बुढ्यौली र रोगहरूबाट जोगाउँछ।

मुटुका लागि

पोटासियम र कम सोडियमले रक्तचाप नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्छ।

ऊर्जाको स्रोत

लिच्चीमा प्राकृतिक चिनी र कार्बोहाइड्रेट हुन्छ, जसले तुरुन्तै ऊर्जा प्रदान गर्छ।

तौल नियन्त्रण

यसमा फाइबर हुने भएकोले वजन घटाउ नियन्त्रण गर्न मद्दत गर्छ । बिहान खाने हो भने भोक कम लाग्छ र अनाबश्यक खाने बानीबाट बचिन्छ । फाइदा गर्छ भन्दैमा अत्याधिक मात्रामा खानु भने हानिकारक साबित हुनसक्छ ।

लिच्ची खाँदा सावधानी

बजारमा पाइने लिच्ची खाँदा सावधानी अपनाउनु जरुरी छ। किनाकि,औषधि (कीटनाशक वा अन्य रसायन) प्रयोग भएका लिच्चीहरु पनि हुनसक्छन् ।

लिच्ची खानुअघि सफा पानीले राम्रोसँग धोएर पानीमा केही मिनेट भिजाएर धुनु अझ प्रभावकारी हुन्छ। लिच्चीको बोक्रामा रसायन बाँकी रहन सक्छ, त्यसैले बोक्रा राम्रोसँग हटाएर मात्र खानुहोस्।

सम्भव भए जैविक (अर्गानिक) लिच्ची किन्नुहोस्, किनकि यस्ता लिच्चीमा कीटनाशकको प्रयोग कम हुन्छ। यदि लिच्ची खाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने वा अन्य असामान्य लक्षण देखिन्छ भने तुरुन्त डाक्टरसँग परामर्श गर्नुहोस्।

सही समय

लिच्ची खालि पेटमा खानु हुँदैन । बिहानको ब्रेकफास्ट अथवा खानापछि लिच्ची मात्र खानु पर्छ । लिच्ची एक दिनमा एक जना व्यक्तिले १० देखि १२ वटासम्म लिच्ची खानु उपयुक्त हुन्छ ।