
वंशाणुगत कारण
सानै उमेरमा कपाल फुल्ने कारण वंशाणुगत पनि हुन्छ । वंशाणुगत रूपमा नै कपालमा रंग दिने तत्वमा कमी भएर सानै उमेरदेखि कपाल फुल्ने समस्या हुन्छ ।
Advertisement

खानपान
ताजा खानेकुरा, फलफूल, तरकारीको साटो जंकफुड र प्याकेट फुड बढी सेवन गरेमा शरीरले पर्याप्त मात्रामा भिटामिन र प्रोटिन पाएको पाउँदैन । जसले कपाल फुल्छ ।

धुम्रपान
चुरोट वा सूर्तीजन्य पदार्थ सेवन गर्दा रक्तनली साँघुरो हुन्छ र कपालको जरामा पर्याप्त रगत पुग्दैन । यो पनि कम उमेरमा कपाल फुल्नुको कारण हो ।

तनाव
तनावले शरीरका साथै कपाललाई पनि नोक्सान पुर्याउँछ । तनावको कारण मेलानोसाइडलाई नष्ट गर्ने खाल्को रसायन उत्पादन हुन्छ, जसले गर्दा कपाल फुल्छ ।