
साथीबाट बुलिङ
स्कुलमा साथीभाइले होच्याउने, नामलाई बंग्याएर बोलाउने तथा जिस्काउने, धम्काउने जस्ता वातावरण भएमा बिस्तारै बच्चाको मनमा डर बस्न सक्छ । त्यो डरले स्कुलको नाम सुन्दै बच्चाको टाउको दुखाइ बन्न सक्छ ।

आफूलाई कमजोर ठान्ने
स्कुलमा बच्चाले आफ्ना साथीहरूसँग सबै कुरामा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अन्य सहपाठीजस्तो पढाइमा कमजोर भए वा अरुले बारम्बार भनिरहेमा उसले आफूलाई कमजोर ठान्ने र आत्मविश्वासमा कमी हुन्छ, जसले विद्यालय जान नगर्न सक्छन् ।

अरूभन्दा फरक हुने डर
यदि अरू बच्चाहरु भन्दा सिक्न बढी समय लगाउने, कक्षामा कुनै पनि प्रश्नको जवाफ दिन नसकेमा उसको यो कमीलाई स्कुलमा मजाक बनाइएको देखिन्छ । शिक्षकले बालबालिकालाई हप्काउने, अन्यसँग तुलना गरिदिने, साथीभाइले पनि जिस्काउने गर्ने परिपाटीले गर्दा आफ्नो कमजोरी लुकाउन बच्चाहरु विद्यालय नजाने बहाना खोज्न थाल्छन् ।

समयमा कार्य पूरा नहुनु
कतिपय बालबालिकाले अभ्यासको अवधारणा बुझ्दैनन् वा आफ्नो कक्षाको काम र गृहकार्य पूरा गर्न नसक्ने अवस्थामा शिक्षकबाट गाली गर्ने डर हुन्छ । यस्तो अवस्थामा उनीहरूले यो गालीबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको विद्यालय नजानु नै हो भन्ने ठान्छन् । त्यसैले विद्यालय नजान बहाना बनाउँछन् ।