+

चुकन्दर किन खाने ?

रगतको मात्रा बढाउँछ

चुकन्दरमा पाइने आइरनले रातो रक्तकोषिका निर्माण गर्ने हेमोग्लोबिन नियन्त्रणमा राख्नुका साथै त्यसको स्तर बढाउन पनि चुकन्दर लाभदायक हुन्छ ।

एन्टी क्यान्सर

चुकन्दरमा पाइने नाइट्रेट तत्वमा हुने एन्टिअक्सिडेन्ट गुणले शरीरमा अनियन्त्रित रुपमा विकास भएका कोषलाई खोजेर नष्ट पारी क्यान्सर जस्तो डरलाग्दो रोगबाट जोगाउँछ ।

Advertisement

उच्च रक्तचाप नियन्त्रण

एक अनुसन्धानले रक्तचाप भएको व्यक्तिले केही हप्तासम्म दैनिक चुकन्दरको सेवन गरेमा रक्तचाप औसतमा पाँच मिलिमिटरले कम हुनसक्ने देखाएको छ ।

स्वस्थ मस्तिष्कको लागि चुकन्दर

चुकन्दरले मस्तिष्कमा रक्तप्रवाह बढाउनुका साथै मस्तिष्कको क्षमता समेत बढाउँछ । यसले रगतमा हेमोग्लोबिनको स्तर बढाएर शरीरमा सबै अंगमा अक्सिजन पुर्‍याउँछ ।

शारीरिक क्षमता बढाउन

पेट, मस्तिष्क, रक्तचाप नियन्त्रण भएमा शारीरिक क्षमता बढ्छ, मासंपेशीहरु बलियो र ऊर्जावान हुन्छ । किनभने यसको दैनिक सेवनले मांसपेशीहरूलाई अक्सिजन प्राप्त हुने गर्छ ।

कलेजो र पाचन प्रक्रियामा सुधार

चुकन्दरमा हुने एन्टिअक्सिडेन्टले कलेजोमा हुने विकारहरूलाई बाहिर निकाल्ने काम गर्छ र कलेजोलाई नियमित रूपमा काम गर्न सक्छ ।