+

बिर्सिने रोग ‘अल्जाइमर’ किन महिलालाई बढी देखिन्छ ?

महिला र पुरुष दुवैमा देखिने भए पनि सबैभन्दा बढी यो समस्याले महिलालाई पिरोल्छ । अल्जाइमर्स सोसाईटीका अनुसार विश्वभर अल्जाइमर रोगबाट पीडित दुई तिहाइ महिला छन्।

किन ?

प्रतिरक्षा प्रतिक्रिया, हर्मोनल चक्र र अन्य धेरै कारकहरूमा पुरुषको भन्दा बढी भिन्न हुने भएकोले केही स्नायु सम्बन्धी रोग अल्जाइमरको उच्च जोखिम पुरुषको तुलनामा महिलामा बढी देखिन्छ ।

Advertisement

हर्मोनल परिवर्तन प्रमुख कारक

महिलाहरू हर्मोनल परिवर्तनको लागि बढी संवेदनशील हुन्छन्। महिलाहरूको जीवनचक्रमा एस्ट्रोजेन हर्मोनको स्तर धेरै पटक परिवर्तन हुन्छ । जुन भविष्यमा अल्जाइमरको कारक बन्न सक्छ ।

महिलाको यौन तथा प्रजनन विकासमा एस्ट्रोजेन हर्मोनले महत्त्वपूर्ण भूमिका खेल्छ। यसले मस्तिष्क, हड्डी, छाला, कपाल र अन्य अंगहरूलाई पनि असर गर्छ ।

रजोनिवृत्ति पछि एस्ट्रोजनको स्तर घट्ने कारणले पुरुषहरूको तुलनामा महिलाहरूमा यो रोगको जोखिम बढी हुन्छ। डिप्रेसन, खानपान गतिलो नहुनु र अनिद्राको उच्च दरले यो बढ्दो जोखिममा योगदान पुर्‍याउँछ।

जति उमेर बढ्दै गयो । त्यति हाम्रो शरीरको अंग र त्यसले काम गर्ने क्षमता गुमाउँछ । यस्तोमा पुरुषको दाँजोमा महिलाहरूको आयु लामो हुन्छ । लामो आयु हुने बित्तिकै वृद्ध उमेरमा अल्जाइमर्स हुने सम्भावना बढी हुन्छ ।

अल्जाइमर्स रोग देखा परेमा यसको लक्षणलाई नियन्त्रण मात्र गर्न सकिन्छ । किनकि विज्ञानले यो समस्याको उपचार पत्ता लगाइसकेको छैन ।