मकै, जौ, गहुँ, चना, भटमास जस्ता अन्न र गेडागुडी भुटेर पिसेर बनाइने पौष्टिक परम्परागत खाद्य पदार्थ हो सातु ।
शताब्दीयौंदेखिको नेपाली आहार
पहिलेका पुस्ताले यात्रा गर्दा सातु बोकेर हिँड्थे । सजिलै बोक्न मिल्ने, नबिग्रिने र तुरुन्त ऊर्जा दिने भएकाले यो लोकप्रिय थियो ।
कसरी खाने ?
सातुलाई पानी, दूध, दही वा मोहीसँग मिसाएर खान सकिन्छ । स्वादका लागि चिनी वा सख्खर पनि थप्न सकिन्छ ।
पोषणको खानी
१०० ग्राम सातुमा २०–२६ ग्राम प्रोटिन, ६०–६५ ग्राम कार्बोहाइड्रेट, ९–१८ ग्राम फाइबर र ३८०–४१३ क्यालोरी ऊर्जा पाइन्छ ।
शरीरलाई शीतलता दिन्छ
आयुर्वेद अनुसार सातु ‘शीतल’ गुण भएको खाद्य हो । यसले गर्मी, जलन, थकान र टाउको दुखाइ कम गर्न मद्दत गर्छ।
डिहाइड्रेशनबाट बचाउँछ
गर्मीमा पसिनासँग गुम्ने पानी र खनिज पूर्ति गर्न सातु उपयोगी हुन्छ । पोटासियम र म्याग्नेसियमले शरीरलाई हाइड्रेट राख्छ ।
ऊर्जा दिन्छ, थकान घटाउँछ
सजिलै पच्ने कार्बोहाइड्रेट र प्रोटिनले दिनभरि स्थिर ऊर्जा दिन्छ । चिनीयुक्त पेयजस्तो तुरुन्त थकान पनि आउँदैन ।
पाचन सुधार्छ
उच्च फाइबर भएकाले सातुले कब्जियत कम गर्न, आँत सफा राख्न र पाचन प्रणालीलाई स्वस्थ बनाउन मद्दत गर्छ ।
तौल नियन्त्रणमा सहयोगी
कम क्यालोरीमा धेरै पोषण दिने भएकाले लामो समय पेट भरिएको महसुस हुन्छ र अनावश्यक खानेकुरा खाने बानी कम हुन्छ ।