+

गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?

नेपालको परम्परागत सुपरफुड सातु गर्मीमा शरीरलाई चिसो, ऊर्जावान र स्वस्थ राख्ने प्राकृतिक आहार हो ।

मकै, जौ, गहुँ, चना, भटमास जस्ता अन्न र गेडागुडी भुटेर पिसेर बनाइने पौष्टिक परम्परागत खाद्य पदार्थ हो सातु ।

Advertisement

शताब्दीयौंदेखिको नेपाली आहार

पहिलेका पुस्ताले यात्रा गर्दा सातु बोकेर हिँड्थे । सजिलै बोक्न मिल्ने, नबिग्रिने र तुरुन्त ऊर्जा दिने भएकाले यो लोकप्रिय थियो ।

कसरी खाने ?

सातुलाई पानी, दूध, दही वा मोहीसँग मिसाएर खान सकिन्छ । स्वादका लागि चिनी वा सख्खर पनि थप्न सकिन्छ ।

पोषणको खानी

१०० ग्राम सातुमा २०–२६ ग्राम प्रोटिन, ६०–६५ ग्राम कार्बोहाइड्रेट, ९–१८ ग्राम फाइबर र ३८०–४१३ क्यालोरी ऊर्जा पाइन्छ ।

शरीरलाई शीतलता दिन्छ

आयुर्वेद अनुसार सातु ‘शीतल’ गुण भएको खाद्य हो । यसले गर्मी, जलन, थकान र टाउको दुखाइ कम गर्न मद्दत गर्छ।

डिहाइड्रेशनबाट बचाउँछ

गर्मीमा पसिनासँग गुम्ने पानी र खनिज पूर्ति गर्न सातु उपयोगी हुन्छ । पोटासियम र म्याग्नेसियमले शरीरलाई हाइड्रेट राख्छ ।

ऊर्जा दिन्छ, थकान घटाउँछ

सजिलै पच्ने कार्बोहाइड्रेट र प्रोटिनले दिनभरि स्थिर ऊर्जा दिन्छ । चिनीयुक्त पेयजस्तो तुरुन्त थकान पनि आउँदैन ।

पाचन सुधार्छ

उच्च फाइबर भएकाले सातुले कब्जियत कम गर्न, आँत सफा राख्न र पाचन प्रणालीलाई स्वस्थ बनाउन मद्दत गर्छ ।

तौल नियन्त्रणमा सहयोगी

कम क्यालोरीमा धेरै पोषण दिने भएकाले लामो समय पेट भरिएको महसुस हुन्छ र अनावश्यक खानेकुरा खाने बानी कम हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

सातु सामान्यतया सुरक्षित छ। तर धेरै खाँदा पेट फुल्न सक्छ । पर्याप्त पानी पिउनुहोस् र पाचन कमजोर भए कम मात्राबाट सुरु गर्नुहोस् ।