+

कतिपय महिलामा किन यौन इच्छा जागृत हुँदैन ?

किन यौन इच्छा जागृत हुँदैन ?

महिलामा यौन इच्छा जागृत नहुने कारणलाई फिमेल सेक्सुअल अराउजल डिसअर्डर भन्ने गरिन्छ। यो समस्या भएमा महिलामा कामोउत्तेजना कम जागृत हुने र दुखाइपूर्ण यौनक्रियाको सामना गर्न सक्छिन् ।

कारण

विशेषगरी रजोनिवृत्ति, गर्भावस्था र गर्भनिरोधक चक्की बढी खाएमा ‘एस्ट्रोजेन’ र ‘टेस्टोस्टेरोन’ हर्मोनको सन्तुलन बिग्रिन सक्छ । जसले उत्तेजना कम हुन थाल्छ ।

Advertisement

योनी रस कम हुनु

रजोनिवृत्ति भइसकेका वा सो अवस्था नजिक रहेका महिलामा योनी सुक्खा हुँदै जान्छ। सुक्खा भएपछि यौन सम्पर्क पीडादायी हुन जान्छ । पीडादायी हुने डरले पनि यौन इच्छा कम हुन थाल्छ ।

औषधि

एन्जाइटी, उच्च रक्तचाप, क्यान्सर, डिप्रेसनका केही औषधिको सेवनले पनि महिलाले यौन उत्तेजनाको समस्याको सामना गर्नुपर्ने हुन्छ ।

मानसिक तनाव

सम्बन्धमा बढ्दो तनावले पार्टनरसँगको भावनात्मक लगाव कम हुन थाल्छ, जसको असर यौन जीवनमा देखिन थाल्छ ।डिप्रेसन वा जे कुरामा पनि आफूलाई दोषी देख्ने भावना पनि यो समस्याको कारण बन्न सक्छ ।

समस्याबाट कसरी बाहिर निस्कने ?

यस समस्याबाट बाहिर आउन चिकित्सकको सुझाव अनुसारको केही स्वास्थ्य परीक्षण आवश्यक हुनसक्छ ।

यौन उत्तेजना बढाउने औषधि

चिकित्सकले अवस्था हेरेर आवश्यक परे यौन उत्तेजना बढाउने औषधि दिन सक्छन्।

हर्मोनल थेरापी

चिकित्सकले हर्मोनमा समस्या देखिए हर्मोनल थेरापी गर्न सुझाउन सक्छन् । जसले शरीरमा एस्ट्रोजेन र टेस्टोस्टेरोन हर्मोनको स्तरलाई सन्तुलनमा ल्याउन मद्दत गर्छ ।

मनोपरामर्श

मनोचिकित्सकको सल्लाहले तनाव र चिन्ता कम गर्न मद्दत गर्छ । साथै, यौन उत्तेजना कायम राख्न यौन चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।