+

के काठमाडौँ हैजाको जोखिममा छ ?

काठमाडौँमा मनसुन नजिकिँदै गर्दा हैजाको जोखिम बढ्दै गएको छ । पानीजन्य रोगहरू फैलिने सम्भावना उच्च छ । दूषित अस्वच्छ पानी र ढल व्यवस्थापनको कमजोरीले संक्रमण फैलिन सक्छ । समयमै सावधानी नअपनाए अवस्था गम्भीर बन्न सक्छ ।

मनसुनमा बढी सक्रिय

मनसुन सुरु भएसँगै हैजाजस्ता पानीजन्य संक्रमणहरू बढ्ने गर्छन्। काठमाडौँजस्तो घना बस्तीमा संक्रमण छिटो फैलिन सक्छ। वर्षाको पानी ढल र फोहोरसँग मिसिँदा पिउने पानी दूषित हुने सम्भावना उच्च हुन्छ, जसले संक्रमण फैलिने सम्भावना झन् बढाउँछ । त्यसैले, मनसुनमा विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ ।

Advertisement

हैजा किन हुन्छ ?

हैजा ‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरियाबाट हुन्छ। दूषित पानी वा खाना सेवन गर्दा यो रोग सर्छ। विशेषगरी प्रशोधित नभएको जारको पानी र फोहोर पानीले संक्रमण फैलाउने मुख्य कारण हो ।

हैजा लागेको कसरी थाहा पाउने ?

बारम्बार बान्ता आउनु, शरीरमा पानीको कमी हुनु, पिसाब कम हुनु वा बन्द जस्तो हुनु, शरीरमा अत्यधिक कमजोरी महसुस हुनु, मुख सुक्खा हुनु र अत्यधिक तिर्खा लाग्नु, पिसाब कम हुनु वा बन्द जस्तो हुनु र लगातार धेरै पटक पानीजस्तो पातलो दिसा हुनु यसका लक्षण हुन् ।

उपचार प्रक्रिया

हैजाको उपचार समयमै भए सजिलै नियन्त्रण गर्न सकिन्छ । जीवनजल, एन्टिबायोटिक र प्रशस्त तरल पदार्थले बिरामी निको हुन्छ। तर ढिला उपचार भए अवस्था जटिल मात्र ज्याननै जोखिममा पर्नसक्छ ।

जारको पानीको जोखिम

धेरै हैजा संक्रमितहरू जारको पानीबाट प्रभावित भएका छन् । गर्मीमा माग बढ्दा शुद्धता जाँच नगरी पानी बिक्री हुने सम्भावना पनि बढ्छ, जसले जोखिम थप्छ ।

बच्ने कसरी ?

उमालेको वा फिल्टर गरिएको सुरक्षित पानी मात्र पिउने, खुला ठाउँको वा शंका लाग्ने जारको पानी नपिउने, खाना अघि र पछि हात साबुन पानीले राम्ररी धुने, शौचालय प्रयोग गरेपछि अनिवार्य रूपमा हात धुने, राम्रोसँग पकाएको तातो खाना मात्र खाने, सडक किनारका अस्वच्छ खाना नखाने र सरसफाइ र सचेतनामा ध्यान दिने गर्दा बच्न सकिन्छ ।

टेकु अस्पतालमा कार्यरत संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनको यो विस्तृत लेख पढ्न दिइएको लिंकमा थिच्नुहोस । लिंक :  www.onlinekhabar.com/2026/06/1956770