भ्रम : रेबिज केवल टोकाइबाट मात्र सर्छ ।
सत्य : रेबिज सामान्यतया जनावरको टोकाइबाट सर्छ, तर यदि कुनै संक्रमित जनावरको र्याल अन्य हुनै तरिकाले शरीरमा प्रवेश गर्दा पनि यो रोग मानिसमा सर्छ । जस्तो काटेको, चिथोरिएको ठाउँ वा आँखा, नाक वा मुखको झिल्लीमा पुग्यो भने पनि यो रोग सर्न सक्छ ।
भ्रम : रेबिज कुकुरको टोकाइबाट मात्रै हुन्छ ।
सत्य : धेरैमा रेबिज कुकुरबाट मात्र सर्छ भन्ने गलत धारणा छ । तर, यो सत्य होइन । रेबिज बिरालो, काग, बाँदर, चमेरो र स्याल जस्ता अन्य जनावरबाट पनि सर्न सक्छ । साथै, कुनै पनि रेबिज–संक्रमित जनावरले यो रोग फैलाउन सक्छ ।
भ्रम : घरपालुवा जनावर रेबिजबाट सुरक्षित हुन्छन् ।
घरपालुवा जनावर स्वत: रेबिजबाट सुरक्षित हुँदैनन् । उनीहरूलाई समयमै खोप लगाउनु आवश्यक हुन्छ । यदि खोप नलगाइएको खण्डमा उनीहरू पनि यो रोगको जोखिममा पर्न सक्छन् । त्यसैले, आफ्ना घरपालुवा कुकुर वा बिरालोलाई नियमित रूपमा रेबिज खोप लगाउनु जरुरी हुन्छ ।
भ्रम : खोप लगाएको कुकुरले टोक्दा रेबिज खोप आवश्यक पर्दैन ।
सत्य : यदि कुनै घरपालुवा कुकुर वा बिरालोलाई खोप लगाइएको छ र उसले टोके वा चिथोर्यो भने, तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । कहिलेकाहीँ खोप छुट्न सक्छ वा रोग प्रतिरोधी क्षमता पूर्णरूपमा नबनेको कारण रेबिजको जोखिम रहन सक्छ ।
भ्रम : रेबिज खोप जुनसुकै बेला लगाए पनि हुन्छ ।
सत्य : धेरैले रेबिज खोप जुनसुकै बेला लगाए पनि हुन्छ भन्ने ठान्छन्, तर यो धारणा निकै खतरनाक छ । रेबिज खोप टोकाइ वा चिथोरिएको तुरुन्तै लगाउनुपर्छ । ढिलाइ गर्दा खोपको प्रभाव कम हुन्छ । यदि लक्षणहरू देखिन थाले भने यो रोगको उपचार सम्भव छैन । यो रोग प्राणघातक हुन्छ ।
यस विषयमा थप विस्तृतमा जान्नको लागि दिइएको लिंकमा क्लिक गर्नुहोस् । https://www.onlinekhabar.com/2025/09/1772724