+

के कुकुरले टोक्दा मात्रै रेबिज सर्छ ? ९ मिथक र सत्य जानौं

२०८२ असोज  १० गते १३:३० २०८२ असोज १० गते १३:३०

धेरैले अझै पनि रेबिज खोप नाइटोमा लगाइन्छ भन्ने ठान्छन्, तर यो गलत हो ।

Shares
के कुकुरले टोक्दा मात्रै रेबिज सर्छ ?  ९ मिथक र सत्य जानौं

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेबिज भाइरस जनावरको टोकाइ वा उनीहरूको र्‍यालबाट मानिसमा सर्छ, समयमै खोप नलगाएको यो प्राणधातक हुन्छ ।
  • रेबिज कुकुर मात्र नभई बिरालो, बाँदर, चमेरो र स्यालबाट पनि सर्न सक्छ।
  • रेबिजबाट बच्न जवनावरको टोकाइपछि तुरुन्त खोप लगाउनु आवश्यक छ ।

रेबिज भाइरसबाट लाग्ने रोग हो । यो मुख्यतया जनावरमा लाग्ने रोग हो तर यो संक्रमित जनावरबाट मानिसमा पनि सर्छ । यो भाइरस संक्रमित जनावरको र्‍यालमा रहन्छ । जब जनावरले मानिसलाई टोक्छ, भाइरस मानिसमा सर्छ । रेबिज एक गम्भीर र प्राणघातक रोग हो, जसलाई लिएर समाजमा धेरै मिथक र भ्रमहरू छन् ।

मिथक १ : रेबिज केवल टोकाइबाट मात्र सर्छ ।

सत्य : रेबिज सामान्यतया जनावरको टोकाइबाट सर्छ, तर यदि कुनै संक्रमित जनावरको र्‍याल अन्य हुनै तरिकाले शरीरमा प्रवेश गर्दा पनि यो रोग मानिसमा सर्छ । जस्तो काटेको, चिथोरिएको ठाउँ वा आँखा, नाक वा मुखको झिल्लीमा पुग्यो भने पनि यो रोग सर्न सक्छ ।

मिथक २ : रेबिज कुकुरको टोकाइबाट मात्रै हुन्छ ।

सत्य : धेरैमा रेबिज कुकुरबाट मात्र सर्छ भन्ने गलत धारणा छ । तर, यो सत्य होइन । रेबिज बिरालो, बाँदर, चमेरो र स्याल जस्ता अन्य जनावरबाट पनि सर्न सक्छ । साथै, कुनै पनि रेबिज–संक्रमित जनावरले यो रोग फैलाउन सक्छ ।

मिथक ३ : घरपालुवा जनावर रेबिजबाट सुरक्षित हुन्छन् ।

सत्य : घरपालुवा जनावर स्वत: रेबिजबाट सुरक्षित हुँदैनन् । उनीहरू लाई समयमै खोप लगाउनु आवश्यक हुन्छ । यदि खोप नलगाइएको खण्डमा उनीहरू पनि यो रोगको जोखिममा पर्न सक्छन् । त्यसैले आफ्ना घरपालुवा कुकुर वा बिरालोलाई नियमित रूपमा रेबिज खोप लगाउनु जरुरी हुन्छ । यसका लागि पशु चिकित्सकको सल्लाह लिनुपर्छ।

मिथक ४ : खोप लगाएको कुकुरले टोक्दा रेबिज खोप आवश्यक पर्दैन ।

सत्य : यदि कुनै घरपालुवा कुकुर वा बिरालोलाई खोप लगाइएको छ र उसले टोके वा चिथोर्यो भने, तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । कहिलेकाहीँ खोप छुट्न सक्छ वा रोग प्रतिरोधी क्षमता पूर्णरूपमा नबनेको कारण रेबिजको जोखिम रहन सक्छ । त्यसैले डाक्टरको सल्लाह लिएर पोस्ट–बाइट खोप लगाउनुपर्छ ।

मिथक ५ : रेबिज खोप नाइटोमा लगाइन्छ ।

सत्य : ‘धेरैले अझै पनि रेबिज खोप नाइटोमा लगाइन्छ भन्ने ठान्छन्, तर यो गलत हो । आधुनिक चिकित्सा विज्ञानले प्रगति गरिसकेको छ । अब रेबिज खोप नाइटोमा नभईपाखुरामा वा कहिलेकाहीँ छालामुनि लगाइन्छ । यो आधुनिक खोप निकै प्रभावकारी र सुरक्षित हुन्छ ।

मिथक ६ : टोकेको ठाउँमा बेसार, खुर्सानी वा तेल लगाउँदा रेबिजबाट बचिन्छ ।

सत्य : कुकुर वा बिरालोले टोकेको ठाउँमा बेसार, खुर्सानी जस्ता घरेलु उपचार गर्नु पूर्णरूपमा गलत हो । यस्ता उपायले बिरामीलाई झन् गम्भीर हानि हुन सक्छ । जनावरले टोकेको ठाउँलाई तुरुन्तै सफा पानी र साबुनले धुनुपर्छ र तुरुन्तै डाक्टरकहाँ गएर रेबिज खोप लगाउनुपर्छ ।

मिथक ७ : रेबिज खोप जुनसुकै बेला लगाए पनि हुन्छ ।

सत्य : धेरैले रेबिज खोप जुनसुकै बेला लगाए पनि हुन्छ भन्ने ठान्छन्, तर यो धारणा निकै खतरनाक छ । रेबिज खोप टोकाइ वा चिथोरिएको तुरुन्तै लगाउनुपर्छ । ढिलाइ गर्दा खोपको प्रभाव कम हुन्छ । यदि लक्षणहरू देखिन थाले भने यो रोगको उपचार सम्भव छैन । यो रोग प्राणघातक हुन्छ ।

मिथक ८ : टिटानसको खोपले रेबिजबाट बचाउँछ ।

सत्य : धेरै मानिसहरू टिटानसको खोप लगाएपछि बढी ढुक्क भएको देखिन्छ र कति त यही खोप लगाएपछि रेबिज खोप लगाउन समेत नआहेको देखिन्छ । नतिजा, रेबिज लागेको जनावरले टोकेको रहेछ भने रेबिजको कारणले उनीहरूको मृत्यु समेत भएको अनुभव हामीसँग छन् । तसर्थ रेबिज खोप अनिवार्य हुन्छ ।

मिथक ९ : कुकुरले टोकेको २४ घण्टाभित्र खोप लगाइसक्नुपर्छ ।

सत्य : कुकुरले टोकेको २४ घण्टाभित्र नै खोप लगाइहाल्नुपर्छ भन्ने छैन । कुकुर वा जनावरले टोकेपछि जतिसक्यो छिटो खोप लगायो त्यति छिटो काम गर्ने हुँदा तुरुन्त लगाउनु उचित हुन्छ । तर कुनै कारणवश ढिला हुँदा पनि थाहा पाउनेबित्तिकै वा खोपको उपलब्धता हुनेबित्तिकै लगाउनुपर्छ ।

ध्यान दिनुपर्ने कुरा

रेबिजबाट बच्ने एक मात्र उपाय रोकथाम हो, जुन खोपमार्फत सम्भव छ । यदि पाल्तु जनावर छ भने उनीहरूलाई समयमै खोप लगाउनुपर्छ । जनावरले टोकेमा तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ र घाउमा कुनै पनि घरेलु उपाय अपनाउनु हुँदैन । यदि रेबिजको लक्षण देखिन थाले भने यो रोग प्राणघातक हुन सक्छ । त्यसैले रेबिजसँग सम्बन्धित कुनै पनि मिथकमा विश्वास गर्नुहुँदैन र डाक्टरको सल्लाहलाई मात्र पालना गर्नुपर्छ ।

रेबिज
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
संक्रामक रोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

काठमाडौंमा रेबिज फोबियाको दोस्रो तरंग !

काठमाडौंमा रेबिज फोबियाको दोस्रो तरंग !

सुकुमवासी बस्तीका २८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

सुकुमवासी बस्तीका २८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

यी ९ लक्षण, जसले दिन्छ प्रोस्टेट बढेको संकेत

यी ९ लक्षण, जसले दिन्छ प्रोस्टेट बढेको संकेत

एक महिनासम्म चिनी छोड्दा शरीरमा देखिन सक्छन् यस्ता परिवर्तन

एक महिनासम्म चिनी छोड्दा शरीरमा देखिन सक्छन् यस्ता परिवर्तन

नेशनल प्याथ ल्याबले गरिमा बैंकका कर्मचारी, सेवाग्राहीलाई विशेष छुट दिने

नेशनल प्याथ ल्याबले गरिमा बैंकका कर्मचारी, सेवाग्राहीलाई विशेष छुट दिने

दहीचिउरा : नेपाली परम्परा, स्वाद र पोषणको उत्कृष्ट संगम

दहीचिउरा : नेपाली परम्परा, स्वाद र पोषणको उत्कृष्ट संगम