Comments Add Comment

अन्तराष्ट्रिय समाचार

List Grid
अब कोरोना एन्टिजिन परीक्षणको नतिजा १५ देखि २० मिनेटमै आउनेछ  : डब्ल्यूएचओ

१३ असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९)को एन्टिजिन परीक्षण गर्ने नयाँ टेस्टले गरिब तथा कम आम्दानी भएका मुलुकमा संक्रमण पहिचान गर्ने क्षमता तीव्र गतिमा बढ्नसक्ने बताएको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघेसँगै डब्ल्यूएचओले यस्तो बताएको हो । विश्वभर कोरोनाबाट मृत्यु हुनेमध्ये आधाभन्दा धेरैको मृत्यु अमेरिका, ब्राजिल, भारत र […]

कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

१३ असोज, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १० लाख एक हजार ६४६ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमध्ये सबैभन्दा धेरै अमेरिकामा दुई लाख पाँच हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै ब्राजिलमा कोरोनाको कारण एक लाख […]

रोकिएन अर्मेनिया–अजरबैजान युद्ध, सोमबार २१ को मृत्यु

१२ असोज, काठमाडौं । अर्मेनिया र अजरबैजानबीच भूमिको विवादलाई लिएर सुरु भएको भिडन्त सोमबार पनि रोकिएको छैन । सोमबार पनि विवादित भूमि नागोर्नो–कराबखमा दुई मुलुकका सेना बीचमा भिडन्त जारी रहेको हो । सोमबारको भिडन्तमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । यी दुई मुलुकको बीचमा जारी युद्धको कारण यो क्षेत्र थप अशान्त बन्दै जान सक्ने आशंका […]

दक्षिण कोरियाका राष्ट्रपतिले भने- उत्तरसँग हटलाइन सेवा पुनः सुरु गरौं

१२ असोज, काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति मून जाइ इनले उत्तर कोरियासँगको सैन्य हटलाइन सेवा सुरु गरिनुपर्ने बताएका छन् । केही दिनअघि उत्तर कोरियाली सेनाले एक दक्षिण कोरियाली अधिकारीको गोली हानी हत्या गरेसँगै यस किसिमका घटना दोहोरिन नदिन पनि हटलाइन सेवा सुरु गर्नुपर्ने दक्षिण कोरियाका राष्ट्रपतिले बताएका हुन् । हटलाइन सेवा सुरु भएसँगै यसरी हराएका […]

मालीमा पूर्व विदेशमन्त्री मोक्तार प्रधानमन्त्रीमा नियुक्त

१२ असोज< काठमाडौं । मालीका अन्तरिक राष्ट्रपति बाह एनडउले पूर्व विदेशमन्त्री मोक्तार ओउनेलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका छन् । आइतबार ओउनेलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । सर्वसाधारणको तर्फबाट प्रधानमन्त्री छानिएसँगै छिमेकी मुलुकहरुले मालीमाथि लगाएको प्रतिबन्ध खुलाउनका लागि पनि बाटो खुलेको छ । गत अगष्टमा मालीमा भएको सैन्य ‘कू’पछि छिमेकी मुलुकहरुले मालीमाथि प्रतिबन्धको निर्णय गरेका थिए । […]

न्युयोर्क टाइम्सको दाबी- ट्रम्पले पछिल्लो १५ वर्षमा १० वर्ष कर तिरेनन्

१२ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो १५ वर्षमा १० वर्ष आयकर नतिरेको दाबी न्युयोर्क टाइम्सले गरेको छ । आइतबार प्रकाशित समाचारमा उल्लेख गरिएअनुसार सन् २०१६ र २०१७ मा उनले केवल ७५० डलर आयकर बुझाएका थिए । न्युयोर्क टाइम्सले ट्रम्पको करको विवरण पाएको र त्यसको आधारमा उनले पछिल्लो १५ वर्षमा १० वर्ष आयकर […]

भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो

१२ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म ६० लाख ७४ हजार ७०३ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ८२ हजार १७० नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ९५ […]

राष्ट्रसंघ महासभा : ६ वर्षदेखि भारत–पाकिस्तानबीच निरन्तर आरोप–प्रत्यारोप

१२ असोज, काठमाडौं । केही वर्षयता भारत र पाकिस्तान दुवैका लागि संयुक्त राष्ट्रसंघको महासभा जम्मु–कश्मीरको विषयमा आ–आफ्नो अडान अन्तर्राष्ट्रिय समुदायलाई  जानकारी गराउने र आफ्नो पक्षमा समर्थन जुटाउन प्रयास गर्ने ‘प्लेटफर्म’ बनेको छ । अघिल्ला वर्षहरुझैं यस वर्ष भारत र पाकिस्तानले राष्ट्रसंघको जारी ७५ औं महासभामा एक अर्काप्रति निकै आरोप–प्रत्यारोप गरे । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले […]

‘अर्बपति’ अनिल अम्बानीको सम्पत्ति एउटा कारमात्रै ?

११ असोज, काठमाडौं । भारतीय उद्योगी अनिल अम्बानी कुनै समय विश्वका धनी ६ व्यक्तिको सूचीमा पर्थे । तर अनिल धिरुभाइ अम्बानी ग्रुप (एडीएजी) का अध्यक्ष उनी अहिले टाट पल्टिएका छन् । शुक्रबार बेलायतको अदालतलाई भर्चुअल बयान दिएका उनले आफ्नो औसत सम्पत्ति शून्यमा आएको बताएका छन् । आफूसँग भएको सबै गहनासमेत कानुनी शुल्कको लागि बेचेको र […]

कोलम्बियामा ८ लाख नाघे कोरोना संक्रमित, २५ हजारभन्दा बढीको मृत्यु

११ असोज, काठमाडौं । कोलम्बियामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ८ लाख नाघेको छ । लकडाउन खुकुलो पारेको एक महिनामा कोलम्बियामा कोरोना संक्रमितको संख्यामा भने उल्लेख्य वृद्धि भएको हो । कोलम्बियाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म कोलम्बियामा कोरोनाबाट संक्रमित हुनेको संख्या आठ लाख ६ हजार ३८ पुगेको छ । त्यस्तै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको […]

सन् २०२१ को सुरुदेखि पर्यटक भिसा पुनः सुरु गर्ने साउदीको योजना

११ असोज, काठमाडौं । साउदी अरेबियाले सन् २०२१ को सुरुदेखि पर्यटक भिसा पुनः सुरु गर्ने भएको छ । साउदी अरेबियाका पर्यटनमन्त्री अहमद अल खातीबले यस्तो बताएका हुन् । कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको लागि साउदीले पर्यटन भिसा रोक्ने निर्णय गरेको थियो । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानको पुनर्संरचनाको महत्वाकांक्षी योजनामा पर्यटन क्षेत्र महत्वपूर्ण […]

विवादित भूमिको विषयमा अर्मेनिया र अजरबैजानका सेनाबीच भिडन्त

११ असोज, का ठमाडौं । अजरबैजान र अर्मेनियाका सेनाबीच विवादित भूमि नागोर्नो–काराबाख क्षेत्रको विषयमा भिडन्त भएको छ । यो क्रममा कम्तीमा एक अजरबैजानको हेलिकोप्टर पनि खसालिएको छ । अजरबैजानले हवाई आक्रमण सुरु गरेको र तोपबाट पनि आक्रमण गरेको अर्मेनियाको दाबी छ । अजरबैजानले भने आफ्ना सैनिकमाथि अर्मेनियाका सेनाले गरेको आक्रमणको जवाफ दिने क्रममा भिडन्त भएको […]

लकडाउनका बीच प्रधानमन्त्रीको राजीनामा माग्दै इजरायलमा हजारौंको प्रदर्शन

११ असोज, काठमाडौं । इजरायलमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लगाइएको कडा लकडाउनको बीच शनिबार राति प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजीनामा माग गर्दै हजारौंले प्रदर्शन गरेका छन् । शनिबार राति प्रदर्शनकारीहरुले नेतान्याहूको निवास अगाडि नै प्रदर्शन गरेका हुन् । कोरोनाको महामारी बढेसँगै गत शुक्रबारदेखि इजरायलमा धेरै व्यवसायहरु बन्द छन् । ठूलो संख्यामा मानिसहरुलाई भेला हुन रोक […]

ट्रम्पद्वारा एमी कोनी बारेट सर्वोच्च अदालतको न्यायाधीशमा मनोनित

११ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एमी कोनी बारेटलाई सर्वोच्च अदालतको न्यायाधीशमा मनोनित गरेका छन् । उनलाई दिवंगत रुथ बेडर गिन्सबर्गको स्थानमा सर्वोच्च अदालतको लागि मनोनित गरिएको हो । ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशको रुपमा मनोनित गर्दै बारेटको प्रशंसा गरेका छन् । ट्रम्पले उनी संविधाप्रति अटुट निष्ठा भएकी न्यायाधीशको रुपमा उल्लेख गरेका छन् । […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ हजार नाघ्यो

११ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ९४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाको कारण एक हजार १२४ जनाको मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ५९ […]

भारतका राजनीतिज्ञ जसवन्त सिंहको निधन

११ असोज, काठमाडौं । भारतका शीर्ष राजनीतिज्ञ पूर्वमन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । मल्टिअर्गान डिसफङ्सनबाट पीडित भएका उनको दिल्लीस्थित आर्मी अस्पतालमा आइतबार निधन भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई २५ जूनमा उक्त अस्पतालमा भर्ना गरिएको थियो । आइतबार बिहानै उनलाई कार्डियाक अरेस्ट भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनको कोरोना […]

युक्रेनमा विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

१० असोज, काठमाडौं । युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो । मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी आपत्कालीन मन्त्रालयका अधिकारीले विमानमा […]

कोरोनाको खोप पत्ता लाग्नुअघि २० लाखको ज्यान जाने डब्ल्यूएचओको चेतावनी

१० असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले सो चेतावनी दिएका हुन् । कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिए । सन् २०१९ को डिसेम्बर अन्त्यतिर […]

सन् २०२० भित्र कोरोनाविरुद्ध ६१ करोड खोप उत्पादन गर्ने चीनको दाबी

१० असोज, काठमाडौं । चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दाबी गरेको छ । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने चिनियाँ अधिकारीहरुको भनाइ छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीसँग भने, ‘चीनले यस वर्षको अन्त्यसम्म कोभिड–१९ विरुद्धको करिब ६१ करोड मात्रा उत्पादन गर्ने […]

बिहारको निर्वाचन तीन चरणमा हुने, १० नोभेम्बरमा नतिजा

९ असोज, काठमाडौं । भारतको निर्वाचन आयोगले बिहारको विधानसभा निर्वाचन तीन चरणमा गर्ने घोषणा गरेको छ । आयोगले गरेको घोषणाअनुसार अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ मा निर्वाचन हुनेछ । मतगणना भने नोभेम्बर १० मा हुनेछ । घोषणाअनुसार पहिलो चरणमा अक्टोबर २८ मा १६ जिल्लामा ७१ सिटको लागि निर्वाचन हुनेछ । नोभेम्बर ३ मा १७ […]

कोरोनाको खोप आएपनि स्वास्थ्य सतर्कताका उपायहरु हटाउन सकिँदैन : फाउची

९ असोज, काठमाडौं । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोना भाइरस संक्रमण (कोभिड–१९) विरुद्धको खोप आएपनि मास्क लगाउने, भौतिक दुरी कायम राख्ने र हात धुनेजस्ता स्वास्थ्य सतर्कताका उपायको आवश्यकता भने कायम रहने बताएका छन् । अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका निर्देशकसमेत रहेका फाउचीले खोप शतप्रतिशत प्रभावकारी पनि नहुने र सबै […]