Comments Add Comment

अन्तराष्ट्रिय समाचार

List Grid
पाकिस्तानद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण

१२ भदौ, काठमाडौं । जम्मू-कश्मीर मुद्दामा भारतसँग विवाद बढिरहेको बेला पाकिस्तानले ‘गजनबी’ नामक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । भारतले संविधानको धारा ३७० खारेज गरेर जम्मू-कश्मीरको विशेष राज्यको दर्जा खोसेको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा उठाइरहेको पाकिस्तानले बिहीबार मिसाइल परीक्षण गरेको हो । पाकिस्तानी सेनाका प्रवक्ताले मिसाइल परीक्षणको भिडियो ट्वीट गरेर यसको पुष्टि गरेका छन् । Pakistan […]

१४ अक्टुबरसम्म बेलायतको संसद निलम्बित

१२ भदौ, काठमाडौं । बेलायतको संसद निलम्बन गर्ने सरकारको निर्णयलाई महारानी एलिजाबेथले स्वीकृत गरेकी छिन् ।  प्रधानमन्त्री बोरिस जोन्सनले आगामी १४ अक्टुबरसम्म संसद निलम्बन गर्ने निर्णय गर्दै त्यसको स्वीकृतिका लागि महारानीसमक्ष पेश गरेका थिए । महारानीले स्वीकृति दिएकाले अब सेप्टेम्बर महिनाबाट बेलायतको संसद निलम्बन हुने छ । त्यसपछि ३१ अक्टुबरमा विनाकुनै सम्झौता बेलायत युरोपेली युनियन […]

जम्मू-कश्मीर मुद्दामा पाकिस्तानले राष्ट्रसंघलाई फेरि लेख्यो चिठ्ठी

१२ भदौ, काठमाडौं । पाकिस्तानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई एकपटक फेरि पत्र लेख्दै भारत प्रशासित जम्मू कश्मीरमा मानवअधिकार उल्लंघन भएको जनाएको छ । विदेशमन्त्री शाह महमूद कुरैशीले पत्र लेख्दै जम्मू कश्मीरको हालत लगातार बिग्रिँदै गएको र मानवअधिकार गम्भीर संकटमा परेको बताएका हुन् । पाकिस्तानको मानवअधिकार मन्त्री शिरिन मजारीको ट्वीटले पनि संयुक्त राष्ट्रसंघलाई पत्र लेखिएको पुष्टि […]

पाकिस्तानीमा उर्दीः भारतीय सामान बहिष्कार गरौं

काठमाडौं । भारत प्रशासित जम्मू कश्मीर राज्यलाई दिइएको विशेष संवैधानिक मान्यता भारत सरकारले अन्त्य गरिदिएपछि चुलिएको विवादलाई लिएर भारतीय र पाकिस्तानी सामाजिक सञ्जाज प्रयोगकर्ताहरुबीच गर्मागर्मी बहस सुरु भएको छ ।पाकिस्तानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमा भारतीय सामाग्री बहिष्कार गर्ने अभियान चलाएका छन् । भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि भारतबाट लगिने पानी नपिउन र उर्दु भारतीय […]

स्वामी चिन्मयानन्दमाथिको यौन दुर्व्यवहारको आरोप के हो ?

११ भदौ, काठमाडौं । भारतका पूर्वगृह राज्यमन्त्री स्वामी चिन्मयानन्दलाई फेरि एक छात्रामाथि यौन शोषण गरेको आरोप लागेको छ । भाजपाबाट तीन पटकसम्म सांसद बनिसकेका चिन्मयानन्दलाई आफ्नै कलेजमा अध्ययन गर्ने एक छात्राले शारीरिक यौन शोषण गरेको आरोप लगाएकी छिन् । चिन्मयानन्दमाथि आरोप लगाएकी छात्रा अहिले बेपत्ता छिन् । प्रहरीले स्वामी चिन्मयानन्द र अन्य केहीलाई अपहरण र […]

ब्राजिलका राष्ट्रपतिसँग रिसाए म्याक्रोन

१० भदौ, काठमाडौं । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नी श्रीमतीलाई अभद्र टिप्पणीमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले आपत्ति जनाएका छन् । ब्राजिलका राष्ट्रपति बोल्सोनारोको समर्थकले आफ्नो फेसबुक पोस्टमा म्याक्रोनकी ६६ वर्षीया श्रीमती ब्रिजेटलाई हाँसोमा उडाएका थिए । उक्त फेसबुक पोस्टमा फ्रान्सेली राष्ट्रपति म्याक्रोन र बोल्सोनारोकी श्रीमती मिशेल बोल्सोनारोको फोटो सँगै राखेर लेखिएको थियो, ‘अब तपाईले बुझ्नुहुनेछ […]

इमरान खानको चेतावनी– परमाणु शक्ति सम्पन्न छौं, कुनै पनि हदसम्म जान सक्छौं

१० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मामिलामा कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिएका छन् । उनले सवा अर्ब जनसंख्या रहेका मुसलमानहरुले संयुक्त राष्ट्र संघले कश्मीरका जनतालाई मद्दत गर्छ कि गर्दैन भनेर हेरिरहेको पनि बताए । राष्ट्रलाई सम्बोधन गर्दै खानले भने, ‘यदि कश्मीर मुद्दाले लडाइँको रुप लियो भने याद रहोस् दुवै मुलुक […]

जी–७ बैठकमा अकस्मात इरानी विदेशमन्त्री

९ भदौ, काठमाडौं । इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफ अकस्मात जी–७ सम्मेलनमा सहभागी हुन पुगेका छन् । फ्रान्समा आइतबार सुरु भएको सात राष्ट्रहरुको सम्मेलनमा जफाद सहभागी भएका हुन् । बीबीसीले अकस्मात जी–७ बैठकमा पुगेका जरिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत नेता उपस्थित बैठकमा सहभागिता जनाएको उल्लेख गरेको छ । जी–७ अर्थात् ग्रुप अफ सेभेन संसारका सबैभन्दा […]

मेक्सिकोमा छुरा प्रहार गरी पत्रकारको हत्या

८ भदौ, टोलुका, मेक्सिको । मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ । मेक्सिकोका सरकारी वकिलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख […]

भारतीय प्रधानमन्त्री मोदीलाई युएईको ‘अर्डर अफ जायेद’ सम्मान

८ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त अरब ईमिरेट्स (युएई) को सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’ बाट शनिबार सम्मानित गरिएको छ । यो सम्मान पाउने उनी भारतका पहिलो प्रधानमन्त्री हुन् । युएईमा उच्चस्तरीय भेटवार्तापछि शनिबार उनलाई उक्त सम्मानले सम्मानित गरिएको थियो । यो सम्मान विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई युएई […]

कश्मीर जान पाएनन् राहुल, विमानस्थलबाटै फर्काइयो

काठमाडौं । विपक्षी नेताहरुको प्रतिनिधिमण्डल लिएर भारत प्रशाशित कश्मीर पुगेका कांग्रेस नेता राहुल गान्धी श्रीनगर विमानस्थलबाट बाहिर निस्कन पाएनन् । समाचार एजेन्सी एएनआईका अनुसार उनीहरुलाई दिल्ली फिर्ता पठाइएको छ । यो डिफेन्स एयरपोर्ट भएको भन्दै सञ्चारकर्मीहरुलाई समेत जान रोक लगाइएको थियो । प्रतिनिधिमण्डलमा कांग्रेस नेता गुलाम नबी आजाद, आनन्द शर्मा, सीपीएमका महासचिव सीताराम येचुरी, डीएमकेका […]

भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन

७ भदौ, काठमाडौं । भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको शनिबार दिउँसो निधन भएको छ । शनिबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा जेटलीको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय लोकसभाका सांसाद समेत रहेका जेटली १५ दिन अघि एम्स अस्पतालमा भर्ना भएका थिए । उनी श्वास-प्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । ६६ वर्षीय पूर्वअर्थमन्त्री जेटली […]

चिदम्बरमलाई जेल पठाउनुको राजनीतिक रहस्य

पृथ्वी गोलो छ । सन् २०११ मा जतिबेला पी चिदम्बरम भारतका गृहमन्त्री थिए, उनले केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) भवनको उद्घाटन गरेका थिए । बुधवार पक्राउ परेपछि उनी त्यही सीबीआई मुख्यालय भवनमा रात बिताउनु पर्‍यो । जतिबेला चिदम्बरम गृहमन्त्री थिए, सीबीआईले सोहराबुद्दीन शेख मुठभेड मामिलामा हत्याको आरोपमा गुजरात सरकारमा तत्कालीन मन्त्री अमित शाहलाई गिरफ्तार गर्‍यो । […]

थप चार दिन हिरासतमै रहने भए पी चिदम्बरम

काठमाडौं । भारतको सीआईबी अदालतले पूर्व वित्तमन्त्री पी चिदम्बरमलाई २६ अगष्टसम्म प्रहरी हिरासतमा पठाएको छ । सीआईसीले अनुसन्धानका लागि ५ दिनको समय मागेको थियो भने चिदम्बरमका वकिल कपिल सिब्बल र अभिषेक मनु सिंघवीले धरौटीमा छाड्न माग गरेका थिए । सीआईबी अदालतले चिदम्बरमको दाबीलाई अस्वीकार गरेको छ र हिरासतमा पठाएको छ । परिवारका सदस्य र वकिलले […]

आफैंले उदघाटन गरेको हिरासतमा चितम्बरम

५ भदौ, काठमाडौं । भारतको पूर्वअर्थमन्त्री एवम् पूर्वगृहमन्त्री पी चितम्बरमलाई केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)ले भ्रष्टाचार आरोपमा पक्राउ गर्‍यो । यसमा रोचक त के छ भने सीबीआईको जुन भवनको उदघाटन समारोहमा चितम्बरम सहभागी थिए, त्यही भवनको हिरासतमा उनलाई बस्नु परेको छ । सन् २०११ मा सीबीआईको नयाँ भवनको उदघाटन चितम्बरमले गरेका थिए । त्यतिबेला चितम्बरम गृहमन्त्री […]

भ्रष्टाचार आरोपमा भारतका पूर्वअर्थमन्त्री पक्राउ

५ भदौ, काठमाडौं । भारतका पूर्व अर्थमन्त्री पी. चितम्बरम भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)को टोलीले चितम्बरमलाई उनकै घरबाट पक्राउ गरेको हो । उनलाई बिहीबार अदालतमा उपस्थित गराइने छ । उनलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिने तयारी छ । आईएनएक्स मिडियासँग सम्बन्धित भ्रष्टाचारका अभियुक्त चितम्बरमले अग्रिम जमानतको याचिका […]

जेलमा रहेका यौनदूराचारी क्याथोलिक गुरुको अपिल खारेज

४ भदौ, काठमाडौं । बाल यौनदूराचारीको दाग पखाल्ने क्याथोलिक चर्चका सर्वोच्च पादरी कार्डिनल जर्ज पेलको प्रयत्न असफल भएको छ । यसअघि अदालतले बाल यौनदूराचारी भन्दै सुनाएको फैसलाविरुद्ध पुनः अदालत गएका उनको अपिल अदालतले खारेज गरिदिएको हो । पेलमाथि सन् १९९० मा मेलवर्न क्याथड्रलका दुई बालकहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । यो अभियोगमा उनलाई […]

सुडानका पूर्वराष्ट्रपतिले साउदीबाट लाखौं डलर लिएको आरोप

३ भदौ, काठमाडौं । भ्रष्टाचारको मुद्धा खेपिरहेका सुडानका पूर्व राष्ट्रपति ओमर अल बशीरले साउदी अरबबाट लाखौँ डलर लिएको आरोप लागेको छ । सुडानका एक गुप्तचार अधिकारीले साउदी अरेबियाबाट बशीरले लाखौं डलर लिएको रहस्य खोलेका हुन् । सोमबार भ्रष्टाचारको आरोपको सामना गर्न बशीर अदालतमा उपस्थित भएका थिए । उनका वकिलले भने बशीरमाथि लगाइएका उक्त अभियोग अधारहीन […]

कश्मीर मुद्दाबारे ट्रम्पले गरे मोदी र इमरान खानसँग कुराकानी

३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू-कश्मीर मुद्दाबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच द्विपक्षीय र क्षेत्रीय मुद्दाबारे कुराकानी भएको हो । ट्रम्पले परिस्थिति अप्ठ्यारो भए पनि सकारात्मक कुराकानी भएको जानकारी ट्वीटरमार्फत् दिएका छन् । ट्रम्पले लेखेका छन्, […]

पाकिस्तानी सेना प्रमुखको कार्यकाल ३ वर्ष थप

२ भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सेना प्रमुख जनरल कमर जावेद बाजवाको कार्यकाल तीन वर्ष थप गरेका छन् । प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा जनाएअनुसार सुरक्षा स्थितिलाई ध्यानमा राखेर जनरल बाजवाको कार्यकाल बढाउने निर्णय लिइएको हो । जनरल बाजवा नोभेम्बर २०१६ मा सेना प्रमुख भएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री नवाज शरीफले सेना प्रमुख […]

आत्मघाती हमलाबाट बाँचेका बेहुला भन्छन् : मेरा सबै आशा टुटे

२ भदौ, काठमाडौं । विवाह समारोह धेरैका लागि जीवनको महत्वपूर्ण उत्सव हो । विवाहमार्फत दुई परिवारका केटा र केटी आपसमा नयाँ सम्बन्धमा जोडिन्छन्, जसलाई धेरै समुदायमा ठूलो उत्सवको रुपमा मनाइन्छ । अफगानिस्तानमा केही दिनअघि विवाह उत्सवमा आत्मघाती आक्रमण हुँदा बेहुला र बेहुलीका परिवारका सदस्यका साथै आफन्त र निम्तालुहरु मारिए । नयाँ विवाहिता जोडीको भने विवाहकै […]