+
+
Shares

फारसको खाडीमा तेल ओसारपसार गरिरहेका ४ जहाजहरूमा इरानको आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ५ गते १६:४६

५ कात्तिक, काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले बिहीबार फारसको खाडीमा एक जहाजबाट अर्को जहाजमा तेल ओसारपसार गरिरहेका चारवटा जहाजमा आक्रमण गरेको जनाएको छ। इरानले अस्वीकार गरेको स्ट्रेट अफ हर्मुजको मार्ग प्रयोग गरेपछि ती जहाजहरूलाई निशाना बनाइएको थियो।

यस रणनीतिक जलमार्गमा इरानी नियन्त्रण र आक्रमणबाट बच्नका लागि व्यापारिक जहाजहरूले एक जहाजबाट अर्को जहाजमा कार्गो ओसारपसार गर्ने कार्य बढाएका छन्।

इरानको रिभोलुसनरी गार्ड कर्प्स जलसेनाले एउटा वक्तव्य जारी गरेको छ। ‘हामीले गैरकानुनी मार्ग प्रयोग गरेका चारवटा उल्लङ्घनकारी जहाजहरूको निगरानी र पछ्याएका थियौँ,’ जलसेनाले वक्तव्यमा भनेको छ। ‘टोलीले फारसको खाडीको उत्तरी-मध्य भागमा जहाजबाट अर्को जहाजमा तेल कार्गो ओसारपसार गरिरहेको फेला पार्‍यो’, विज्ञप्तिमा उल्लेख छ। ‘सबै चारवटा जहाजमा एकैसाथ आक्रमण भयो र ती जलिरहेका छन्।’

इरानले मान्यता नदिएका मार्गहरू प्रयोग गर्न खोज्ने अन्य तीनवटा जहाजहरू दुर्घटनामा परेका छन्। स्ट्रेट अफ हर्मुजको पश्चिममा खनिएका माइन्समा ठोक्किएपछि ती जहाजहरूमा आगो लागेर रोकिएका छन्।

अमेरिकाले गैरकानुनी रूपमा माइन्स राखिएको बाटोबाट जहाजहरू पठाउन प्रोत्साहन गरेको रिभोलुसनरी गार्ड कर्प्सले जनाएको छ। यसले गर्दा दिनप्रतिदिन समुद्री दुर्घटनाहरू बढिरहेका छन्। ‘यदि यो क्रम जारी रह्यो भने यो भिडन्त क्षेत्रमा रहेका आक्रमणकारीहरूका बेसहरूसम्म फैलिनेछ’, समूहले चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?