Comments Add Comment

मार्केट

List Grid
सेयर बजारमा दोहोरो अंकको वृद्धि, झण्डै ४० करोडको कारोवार

१ माघ, काठमाडाैं । मंगलबार पनि सेयरको मूल्य दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर एक हजार १९५ दशमलव ५४ विन्दुमा पुगेको हो । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक मंगलबार पनि तीन दशमलव ०६ विन्दुले बढेर २५३ […]

सेन्ट्रल फाइनान्सलाई नेप्सेले सोध्यो- सीईओलाई कारबाही किन नगर्ने ?

३० पुस, काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २४ घण्टे स्पष्टीकरण सोधेको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को नियम पालना नगरेको भन्दै नेप्सेले सेन्ट्रल फाइनान्सलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन पत्र काटेको हो । कम्पनीको धितोपत्र सूचीकरण स्थगन गरिएको जानकारी दिँदै नेप्सेले विवरण पेश गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही किन […]

अपर तामाकोशीको सेयर कारोबार रद्द

३० पुस, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको सेयर कारोबार रद्द गरिएको छ ।  अस्वभाविक तरिकाले अपर तामाकोशीको सेयर कारोबार बढेको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार रद्द गरेको हो । कम्पनीको सोमबार एकैदिन ५० प्रतिशत अर्थात एकसय १२ रुपैयाँले सेयर मूल्य बढेको थियो ।  २ सय २४ रुपैयाँबाट ५० प्रतिशत बढेर ३ सय ३६ […]

९ सय २० रुपैयाँ प्रति कित्ता मूल्य भएको किसान माइक्रोफाइनान्सको सेयर लिलामीमा

२९ पुस, काठमाडौं । दोस्रो बजारमा प्रतिकित्ता ९ सय २० रुपैयाँमा कारोबार भइरहेको किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर लिलामीमा खुलेकोको छ । गत बिहीबार ९ सय २० रुपैयाँमा कारोबार भएको यस संस्थाको सेयर न्युनतम् एक सय रुपैयाँ तोकेर आज आइतबारदेखि लिलामीमा खुलेको हो । यो संस्थाले गत मंसिर २ गतेदेखि पुस ८ गतेसम्म बिक्री […]

सेयर बजारमा सामान्य सुधार

२६ पुस, काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । बिहीबार सेयर बजारमा १ दशमलव ४८ अंकले बढेर नेप्से परिसूचक १ हजार १ सय ८० दशमलव ८४ को विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार देखिएको छ । दिनभर भएका ३ हजार ८ सय ७२ कारोबारबाट १ […]

सुधारियो सेयर बजार, ६ अंकले बढ्यो नेप्से

२४ पुस, काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सुधार देखिएको छ । अघिल्लो साताभरी नै ओरालो लागेको सेयर बजार यस साताको पहिलो दिन आइतबार पनि ७ अंकले घटेको थियो । सोमबार भने सेयर बजार ६ दशमलव ६७ अंकले बढेर नेप्से परीसूचक १ हजार १ सय ७७ दशमलव ४६ को बिन्दुमा आइपुगेको छ । नेप्से […]

साताको पहिलो दिन सेयर बजारमा गिरावट, नेप्से ७ अंकले घट्यो

२२ पुस, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । एउटा समूहबाहेक सबै समूह नकारात्मक देखिँदा नेप्से परिसूचक ७ दशमलव २२ अंकले  घटेको छ । आइतबार सबैभन्दा धेरै निर्जिवन बीमा कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् । निर्जिबन बीमा समूह ७९ दशमलव ०८ अंकले ओरालो लागेको छ । बैंकिङ, होटल, विकास बेंक, लघुवित्त, जीवन […]

निरन्तर ओरालो लाग्दै सेयर बजार, ५ दिनमै ३६ अंकको गिरावट

१९ पुस, काठमाडौं । यो साता सेयर बजार लगातार ओरालो लागेको छ । साताको पहिलो कारोबार आइतबार दोहोरो अंकले ओरालो लागेको सेयर साताको अन्तिम कारोबार बिहीबारसम्म आइपुग्दा १.५६ अंकले ओरालो लागेको हो । साताभरीमा ५ दिन भएको कारोबारमा नेप्से परीसूचक ३६ दशमलव ५२ अंकले ओरालो लागेको छ ।  साताको पहिलो दिन आइतबार १० दशमलव ६२ अंकले, […]

रोकिएन सेयर बजारमा गिरावट, २ दिनमा २७ अंकले ओरालो

१६ पुस, काठमाडौं । अघिल्लो साता सुधार देखिएको सेयर बजार यो साता भने शुरुवाती देखि नै ओरालो लाग्न शुरु गरेको हो । साताको पहिलो र दोस्रो दिन गरेर सेयर बजारमा २७ अंकको गिरावट आएको छ । सोमबार सेयर बजारमा १७ दशमलव २६ अंकले गिरावट आएर नेप्से परिसूचक १ हजार १ सय ८७ दशमलव २८ मा […]

सेयर बजारमा दोहोरो अंकको गिरावट

१५ पुस, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आइतबार सेयर बजार १० दशमलव ६२ अंकले ओरालो लागेको हो । १०.६२ अंकले ओरालो लाग्दा नेप्से परिसूचक १ हजार २ सय ४ दशमलव ५४ मा आइपुगेको छ । परिसूचकसँगै कारोबार रकममा समेत गिरावट देखिएको छ । दिनभर भएका ५ हजार […]

सेयर बजारको वृद्धि एक दिनभन्दा टिकेन, नेप्से ६ अंकले घट्यो

९ पुस, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा देखिएको उत्साह दोस्रो दिनसम्म आइपुग्दा पुन ओरालो लागेको छ । आइतबार ३२ अंक भन्दा बढीले बढेको सेयर बजार सोमबार ओरालो लागेको हो । सोमबार सेयर बजार ६ दशमलव ४५ अंकले ओरालो लागेको छ । १ हजार १ सय ९८ दशमलव २४ अंकबाट शुरु भएको कारोबार ६ […]

एक वर्षमा २ सय ८४ अंकले घट्यो सेयर बजार

९ पुस, काठमाडौं । एक वर्षको अवधिमा २ सय ८४ अंकले सेयर बजार ओरालो लागेको छ । आर्थिक वर्ष २०७४/७५ को प्रथम चौमासिकको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सेयर बजार २ सय ८४ अंकले ओरालो लागेको हो । नेपाल राष्ट्र बैंकका अनुसार नेप्से सूचकांक वार्षिक बिन्दुगत आधारमा १९.१ प्रतिशतले ह्रास भई २०७५ कात्तिक मसान्तमा १२०५ […]

सेयर बजारमा ३२ अंकको वृद्धि, ८४ करोड नाघ्यो कारोबार

८ पुस, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा ठूलो अंकको सुधार देखिएको छ । आइतबार सेयर बजार ३२ दशमलव २४ अंकले बढेर नेप्से परीसूचक १ हजार १ सय ९८ दशमलव १८ मा पुगेको हो । परिसूचकसागै कारोबार रकम पनि बढेको छ । आइतबार दिनभरमा भएका ८ हजार ६ सय ७० कारोबारबाट १ सय ६४ […]

नेप्सेद्वारा ५ बैंकको सेयर कारोबार रोक्का

५ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ५ बैंकको सेयर कारोबार रोक्का गरेको छ । सूचीकरण नियमावलीको कार्यान्वयन नगरेको पाइएपछि ३ वाणिज्य बैंकसहित ५ बैंकको सेयर कारोबार रोक्का गरिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अनलाइनखबरलाई बताए । प्रवक्ता पराजुलीका अनुसार वाणिज्य बैंकहरुमा सनराइज बैंक, हिमालयन बैंक र मेगा बैंकको कारोबार रोकिएको छ भने विकास बैंकहरुमा मिसन […]

तुहियो सेयर लगानीकर्ताको आन्दोलन, अनशनकारी घर फर्किए

५ पुस, काठमाडौं । पूँजीबजार लगानीकर्ताहरुको एउटा समुहले विभिन्न माग राखेर सुरु गरेको आन्दोलन बीचमै तुहिएको छ । तीन दिनदेखि आमरण अनसनमा बसेका दुई लगानीकर्ताले बिहीबार अनसन तोडेका छन् । लगानीकर्ताद्वय हरि ढकाल र तिलक कोइराला आमरण अनसनमा थिए । आफूहरुको माग पूरा हुन नसक्ने निश्कर्ष निकाल्दै उनीहरुले अनसन तोडेका हुन् । शुरुमा नेप्से कार्यालय […]

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट आज

४ पुस, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) आज बाँडफाँट हुने भएको छ । दुई चरणमा गरेर आवेदन आहृवान गरेको आयोजनाको आईपीओ अपरान्ह ३ बजे बाँडफाँट गरिने शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लिएको ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । आयोजनाको आईपीओका लागि पहिलो चरणमा कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म […]

वाणिज्य बैंकको सेयर सय रुपैयाँमा पनि विकेन

३ पुस, काठमाडौं । कुनै बेला जलविद्युतमा घण्टौ लाइन लागेर सेयर भर्ने सर्वसाधारणहरु यतिबेला घरबाटै आवेदन दिन समेत अग्रसर देखिँदैनन् । मुलुकमा जलविद्युत् आयोजनाको संख्या बढेको छ तर, कम नाफा कमाउने भएकाले यो क्षेत्रमा सर्वसाधारण लगानी गर्न कम मात्रै अग्रसरता देखाउँछन् । जलविद्युत्सँगै पछिल्लो समय ठूला बैंकहरूकाे सेयरमा समेत सर्वसाधारणको आकर्षण कम देखिन थालेको छ […]

लगानीकर्ताहरुलाई संयमित हुन धितोपत्र बोर्डको आग्रह

३ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डले संयमित हुन पुँजी बजार लगानीकर्ताहरुलाई आग्रह गरेको छ । मंगलबार पे्रस विज्ञप्ती जारी गर्दै बोर्डले दोस्रो बजार कारोवार रोक्ने सम्बन्धी भएका अवाञ्छित स्थिति सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संयमित हुन आग्रह गरेको हो । पछिल्लो समयमा मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृतिहरुको (व्याजदर, शेयर बजार, ऋणपत्र) समग्र मूल्याकंन […]

आधा घण्टा बढी कारोबार ठप्प भएको सेयर बजार अन्ततः उर्लियो

२ पुस, काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।  सेयर बजार सुधार र विस्तारको माग गर्दै आमरण अनसन शुरु भएकै दिन सोमबार सेयर बजार दोहोरो अंकले सुधार देखिएको हो । आइतबार करिब १९ अंकले बढेको सेयर बजार सोमबार १५ दशमलव १७ अंकले बढेको हो । आइतबार बजार बढे पनि […]

सेयर लगानीकर्ता आमरण अनसनमा, अर्थमन्त्रीको राजीनामा माग

२ पुस, काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा आमरण अनसन सुरु गरेका छन । सेयर बजार सुधार र बिस्तारको माग गर्दै एक साता अघिदेखि रिले अनसन सुरु गरेका उनीहरुको माग सरकारले सुनुवाइ नगरेपछि काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्जेञ्च कार्यालयको मूलगेटमै आमरण अनसन सुरु गरेका हुन् । सोमबारदेखि सेयर लगानीकर्ता […]

किन ठप्प भयाे सेयर कारोबार ?

२ पुस, काठमाडौं । सोमबार सेयर बजारको कारोबार ठप्प भएको छ । लगानीकर्ताहरुको आहृवान पछि सेयर बजार खुले पनि कारोबार भने ठप्प भएको हो । बिहान सधैको समयमा नै बजार खुले पनि कारोबार भने हुन नसकेको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए । लगानीकर्ताको आन्दोलन प्रभाव स्वरुप सेयर बजारमा कारोबार भएको प्रवक्ता पराजुलीले […]