News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ।
- सुनको भाउ अघिल्लो दिनको तुलनामा २ हजार ७ सय रुपैयाँले बढेको छ।
- चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ९९५ रुपैयाँ पुगेको छ।
१३ वैशाख, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ २ हजार ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत आइतबार ३ लाख १ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो । शुक्रबार प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९९५ रुपैयाँमा पुगेको छ । गत आइतबार चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4