News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ५ हजार ८ सय रुपैयाँले बढेको छ।
- चाँदीको भाउ पनि बुधबार प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँ पुगेको छ।
२३ वैशाख, काठमाडौं । बुधबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत बुधबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ आज तोलामा १७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५५ रुपैयाँ पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4