+
+
Shares

धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते ११:१४

२३ वैशाख, जनकपुरधाम । धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् ।  मिथिला नगरपालिका–७, केमलीपुरक ४८ वर्षीय किर्तिमान विक घाइते भएका हुन् ।

आज बिहान खेतमा लगाइएको तारजालीको बारमा चितुवा फसेका छन् । विक त्यही हेर्न गएको बेला चितुवाले उनीमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

घाइते विकको  ढल्केबरस्थित एक निजी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

चितुवा अझै पनि सोही तारजालीमा पासोमा परेको र उद्धारको लागि वन कार्यालय तथा सुरक्षाकर्मी टोलि पुगेको जान लागेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?