Comments Add Comment

पर्यटन

List Grid
रारा–कर्णाली पर्यटन वर्ष २०७५’मा साढे ४ लाख पयर्टक

 ९ वैशाख, सुर्खेत ।  कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन वर्ष शुभारभ्म र समापनका बीचमा भएका उपलब्धि सार्वजनिक गरेको हो । पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको कर्णाली प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा […]

तारा एयरको विमान धावनमार्गमा चिप्लियो, सबै सकुशल

९ वैशाख, रामेछाप । रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति भने भएको छैन । सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो । 9N-AKK कल साइनको विमानमा १४ यात्रु सवार थिए । तर कुनै मानवीय क्षति नभएकाे मन्थली विमानस्थल कार्यालयले जनाएको छ […]

निगमले दिल्ली उडान थप्यो

८ वैशाख, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आगामी वैशाख १८ (मे १ देखि) काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान भर्ने जनाएको छ । उक्त गन्तव्यमा […]

अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको संख्यामा वृद्धि

८ वैशाख, गलेश्वर । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीहरुको सङ्ख्या वृद्धि भएको छ । उत्तरी म्याग्दीका हिस्तान, दोबा, नारच्याङ, घोडेपानी र पश्चिमी म्याग्दीका गुर्जा, मुदी, मुना, ताकम, रुम, ओखरबोट लगायतका जङ्गलमा पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको हो । अनुकूल बासस्थान र आहाराको […]

वायुसेवा निगमले वाइडबडीको किस्ता तिर्न छाड्यो

६ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी विमान किन्दा लिएको ऋणको किस्ता तिर्न छाडेको छ । किस्ता समयमै नबुझाएपछि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष जमानी बसेको सरकारलाई गुहारेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले निगम र दुबै कोषका अधिकारीलाई बोलाएर छलफलसमेत गरेको छ । तर, छलफमा वायुसेवा निगमका अधिकारीहरुले भने […]

उमरी गुफाको संरक्षणका लागि कपिलवस्तुमा महायज्ञ

६ वैशाख, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका शिवपुरको पबित्र धर्मिक स्थल उमरीगुफामा बैशाख ७ गतेबाट बिष्णु पुराण अनुष्ठान तथा श्रीमद्भागवन महायज्ञको तयारी पुरा भएको छ । महायज्ञ सम्पादन मुल समितिले पत्रकार सम्मेलनगरी शनिबारबाट हुने महायज्ञको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो । धर्म संस्कृतिको संरक्षण र सम्बर्धन र जर्गेना गर्नुका साथै धार्मिक स्थल उमरी […]

स्वयम्भू र हनुमानढोका जोड्ने सम्पदा मार्ग : गुरुयोजना र एप सार्वजनिक

५ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ४ वटा विश्व सम्पदामध्ये २२ सय मिटर दुरीमा रहेका स्वयम्भू र हनुमानढोका दरबार क्षेत्र जोड्ने सम्पदा मार्गको गुरुयोजना र यस सम्बन्धी बिवरण भएको मोवाइल एप्लिकेसन सार्वजनिक गरिएको छ । विश्व सम्पदा दिवस २०१९ को सन्दर्भ पारेर महानगरको सम्पदा तथा पर्यटन समितिले बिहीबार स्वयम्भूबाट निकालेको सम्पदा र्‍याली हनुमान ढोका […]

स्वयम्भू र हनुमानढोका दरवार जोड्ने पदमार्गको गुरुयोजना तयार

३ बैशाख, काठमाडौं । २२ सय मिटरको दुरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरवार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्न गुरु योजना तयार भएको छ । विश्व सम्पदा दिवस—२०१९ को अवसर पारी आउँदो बिहीबार अर्थात् अप्रिल १८ तारिखका दिन हनुमानढोका दरवार क्षेत्रमा उक्त सम्पदा पदयात्राको गुरुयोजना सार्वजनिक गरिने छ । त्यस अघि स्वंयम्भू भुइखेलदेखि […]

झण्डाचुलीमा नयाँ पदमार्ग निर्माण गर्न अध्ययन गरिने

३ वैशाख, धादिङ । महाभारत पर्वतश्रृङ्खला अन्तर्गत धादिङ र मकवानपुरको सिमा क्षेत्रमा रहेको झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा गाडिएको छ । नयाँ वर्षको अवसर पारेर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलद्वारा थाक्रे गाउँपालिका वडा नं. ३ मा रहेको झण्डाचुलीको चुचुरोमा झण्डोत्तलन गर्दै १५ मिटर अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा स्थापना गरिएको हो । पर्यटनको प्रच्युर […]

लुक्लाको विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन

२ बैशाख, काठमाडौं । सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा भएको विमान दुर्घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । विमान दुर्घटनाको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा समिति नै गठन गरेको हो । समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र […]

भूकम्पको केन्दविन्दुमा नयाँ पदमार्गको विकास

१ वैशाख, काठमाडौं । गोरखाको धार्चे गाउँपालिकाले भूकम्पको केन्द्रविन्दु बारपाकलाई आधार बनाएर पदयात्रा मार्गको विकास गरेको छ । इपिसेन्टर ट्रेल नाम दिइएको सो पदयात्रा मार्ग चार दिनको हुनेछ । बारपाकबाट सुरु हुने यो पदयात्रा मार्ग धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा आएर सकिन्छ । काठमाडौं वा गोरखा बजारबाट जाने पदयात्री पहिलो दिन बारपाकमा बास बस्नेछन् । दोस्रो […]

रसुवागढी नाकाबाट पर्यटकको आवतजावत बढ्दो

१ वैशाख, रसुवा । नेपाल चीनको उत्तरी नाका रसुवागढीबाट चीन जाने आउने पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार सन् २०१८ देखि सन् २०१९ को तीन महीनाको अवधिमा ६० भन्दा बढी देशका पर्यटक रसुवागढीको मितेरी पुलबाट ओहोरदोहोर गरेका छन् । फ्रि भिसामा नेपाल घुम्न आउने चिनियाँ पर्यटक भने […]

तिलोत्तमाको ६ लेन सडक बुद्धमय बनाइँदै

१ वैशाख, बुटवल । नौला र रचनात्मक काम गरेर चर्चा कमाएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले फेरि अर्को नयाँ काम शुरु गरेको छ । तिलोत्तमाले नगरपालिकामा पर्ने ६ लेन सडकलाई लिटिल बुद्ध र पञ्चम बुद्धका मुर्तिले सजाउँदैछ । ६ लेन सडकको डिभाइडरमा नगरपालिकाले तीनसय मिटर दुरीको फरकमा २२ वटा बुद्ध मुर्ति राख्दैछ । नगरपालिकाको उत्तर सिमाना योगीकुटीमा […]

नयाँ वर्षमा सौराहा भरिभराउ, कोठा नपाएर फर्किए पर्यटक

१ वैशाख, भरतपुर । चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन् । यहाँ रहेका ११० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए। ‘करीब करीब २५/३० प्रतिशत बाह्य पर्यटक छन्,’ घिमिरेले भने, ‘अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन् ।’  पछिल्लो समय नेपाली […]

काठमाडौंमा ‘रसियन किचन डे’ (फोटो फिचर)

३० चैत, काठमाडौं । गत शनिबारदेखि काठमाडौंमा शुरु भएको ‘रसियन किचन डे’ आकर्षण राम्रो देखिएको छ । विभिन्न प्रकारका रसियन खानाहरुको स्वाद लिन पाइने रसियन किचन डे काठमाडौंको र्याडिशन होटलमा चलेको हो । ६ अप्रिलदेखि भएको किचन डे शुक्रबार (१३ अप्रिल) सम्म चलेको हो । पहिलो दिन शनिबार विभिन्न १७ वटा खानाका परिकारहरु राखिएका थिए […]

वाइडबडी विमान : लक्ष्य अनुसार उडान नभर्दा ६ महिनामै डेढ अर्ब घाटा

२९ चैत, काठमाडौं । नेपाल वायु सेवा निगम वाइडबडी बिमान खरिद गर्दा भएको घोटालाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । वाइडबडी बिमानले लक्ष्य उडान भर्न नसक्दा थप नेक्सानी भोग्नु परेको पाइएको छ । महालेखा परीक्षकको ५६ औं बार्षिक प्रतिवेदनअनुसार सुरुवाती ६ महिनामा मात्र निगमले डेढ अर्ब भन्दा बढी नोक्सानी व्यहोरेको हो । विमान […]

नियम मिचेर फ्लाइ दुबईलाई उड्न दिएपछि विमानस्थल प्रमुखलाई स्पष्टीकरण

२७ चैत, काठमाडौं । नियम उल्लघंन गरी उडान अनुमति दिएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले नेपाल वायु निगम र फ्लाइ दुबईसँग किन फरक फरक व्यवहार भयो भनी क्षेत्रीसँग प्रष्टीकरण मागेको हो । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले क्षेत्रीसँग स्पष्टीकरण सोधिएको पुष्टि गरे । उनका अनुसार […]

सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीको विदाइ

२७ चैत, काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीलाई सरकारले बुधबार विदाइ गरेको छ । नापी विभागको टोलीलाई बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले विदाइ गरेका हुन् । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् । उनीहरुसँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु […]

कतार एयरवेजको दोहा उडान स्थगित

२३ चैत, काठमाडौं । कतार एयरलाइन्सले शनिबार साँझको दोहा उडान नभर्ने भएको छ । चार मिनेटले गर्दा नेपाल एयरलाइन्सको विमान उड्न नपाएपछि कतारले साढे ९ बजेपछि उडान नगर्ने निर्णय गरेको हो । कतार एयरवेजको ए ३३०-२०० शनिबार साँझ ७ः ५५ मा काठमाडौंबाट दोहा उड्नु पर्ने थियो । तर, उताबाट विमान आउन ढिला भएको भन्दै दुई […]

शनिबारदेखि काठमाडौंमा ‘रसियन किचन डे’

२२ चैत, काठमाडौं । शनिबारदेखि काठमाठाडौंमा ‘रसियन किचन डे’ हुने भएको छ । विभिन्न प्रकारका रसियन खानाहरुको स्वाद लिन पाइने रसियन किचन डे भोलिदेखि काठमाडौंको र्‍याडिशन होटलमा शुरु हुने भएको हो । शनिबार ( ६ अप्रिल) देखि शुरु हुने किचन डे बिहीबार ( १२ अप्रिल) सम्म चल्नेछ । पहिलो दिन शनिबार विभिन्न १७ वटा खानाका […]

कस्तो हुन्छ विस २०८१ सम्म नेपालको हवाई सेवा ?

२१ चैत, काठमाडौं । भौगोलिक बनावटका कारण नेपाल जस्तो भूपरिवेष्ठित मुलुकमा हवाई सेवा अत्यावश्यक छ ।  यसै कारण यहाँको हवाई सेवा चुनौतीपूर्ण पनि छ । तर, आगामी २५ वर्षमा भने नेपालको हवाई सेवा कायापलट हुने सरकारको प्रक्षेपण छ । विस २१०० सम्ममा समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउन २५ वर्ष अवधिको दिर्घकालीन सोच निर्माण गर्नु परेको राष्ट्रिय […]