+
+
Shares

निर्मल पुर्जासहित ३ आरोहीको शव आधार शिविर ल्याइयो

पुर्जासहित जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव उद्धार गरी आधार शिविर ल्याइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका निर्मल पुर्जासहित तीन आरोहीको शव उद्धार गरी आधार शिविरमा ल्याइएको छ ।
  • प्रतिनिधिसभा सदस्य मिङ्माडेभिड शेर्पाले जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव आधार शिविरमा ल्याइएको पुष्टि गरे ।
  • गत शुक्रबार आएको हिमपहिरोमा परी ६ नेपाली र ४ विदेशी गरी १० आरोहीको मृत्यु भएको थियो भने अझै तीनको शव भेटिएको छैन ।

२० साउन, काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीमध्ये निर्मल पुर्जा (निम्स दाइ) सहित तीन आरोहीको शव आधार शिविर ल्याइएको छ ।

प्रतिनिधिसभा सदस्य मिङ्माडेभिड शेर्पाले यसको पुष्टि गरेका हुन् । उनका अनुसार पूर्जासहित जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव स‌ंकलन गरी आधार शिविर ल्याइएको छ ।

शव संकलन मिङ्‌मा जीको नेतृत्वमा भएको थियो । सांसद शेर्पाले कठिन उद्धारका लागि उद्धार टोलीप्रति आभार व्यक्त गरेका छन् । उनका अनुसार तीन आरोहीको अझै शव भेटिएको छैन ।

गत शुक्रबार पाकिस्तानकाे ब्राेड पिक आराेहण क्रममा आएकाे हिमपहिराेमा परी पुर्जासहित ६ नेपाली र ४ विदेशी गरी १० मृत्यु भएकाे थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?