Comments Add Comment

समाचार

List Grid
आफैंलाई ‘ज्यान मुद्दा’बाट बचाउने कानुनविदमाथि ओलीको दुर्वचन

९ माघ, काठमाडौं । घृणात्मक अभिव्यक्तिमा अग्रसर देखिँदै आएका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई नर्क जान्छन् भनेको भोलिपल्ट आफैंलाई ज्यानमुद्दाबाट बचाउने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान गरेका छन् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा भइरहेको संसद विघटनसम्बन्धी बहसलाई ‘तमासा’को संज्ञासमेत दिएका छन् । विसं २०१४ सालमा अधिवक्ताको पहिलो लाइसेन्स लिने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रधानमन्त्री […]

परदेशीका शवको लस्करले त्रिभुवन विमानस्थलमा सन्नाटा

१० माघ, काठमाडौं । मलेसियाबाट नेत्रप्रसाद भट्टराईले परिवारसँग बाचा गरेका थिए ‘यो माघमा त जसरी पनि घर आउँछु ।’ सन् २०१२मा रोजगारीका लागि मलेसिया भासिएका झापाका भट्टराईको सपना पुरा हुन पाएन, खुसीयाली लिएर फर्किने बाचा गरेका भट्टराईको शनिबार मृत शरीर मात्रै स्वदेश फर्कियो । साथीहरुसँग बेलुका सँगै खाना खाएर सुतेका भट्टराई बिहान उठ्दा जीवित थिएनन् […]

प्रधानमन्त्री ओलीले गरे पूर्व लडाकूहरुसँग छलफल

१० माघ, काठमाडौं । जनमुक्ति सेना नेपाल र बहिगर्मित बाल सेनाको नेतृत्व नेकपा ओली समूहमा लागेको छ । पुष्पकमल दाहाल प्रचण्डले जनमुक्ति सेनालाई ओलीले हेर्ने रे भन्दै भाषण गरेको भोलिपल्ट शनिबार प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दुबै संगठनका नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए । उनले जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको […]

ठगी आरोपमा ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालक पक्राउ

काठमाडौं । पौने ३ करोड ठगीको मुद्दामा ओलम्पिया वर्ल्ड  स्कुलका सञ्चालकद्धय पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले स्कुलका सञ्चालकद्धय शिरिष खड्का र सुरेन्द्र महर्जनलाई शनिबार पक्राउ गरेको हो । ठगी मुद्दामा अदालतबाट जारी भएको वारेन्टका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रमुख अशोक सिंहले जानकारी दिए । अन्य चार सञ्चालक फरार छन् । उनीहरुले […]

प्रचण्ड मुक्त देश बनाउनुपर्छ : प्रभु साह

१० माघ, रौतहट । शहरी विकासमन्त्री प्रभु साहले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका छन् । प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवस्था आएको भन्दै उनले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका हुन् । गौरमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओली समूहका नेता समेत रहेका साहले वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको, तर लामो प्रचण्ड पदको लोभमा डुबेको आरोप लगाए […]

आइतबारसम्म सबै प्रदेशमा पुग्ने छ कोरोना खोप

१० माघ, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारतले अनुदानमा उपलब्ध गराएको खोप सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । उनका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका […]

प्रचण्ड-माधव समूहले बोलायो स्थायी कमिटी बैठक

१० माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार साढे बाह्र बजे बस्ने जानकारी दिए । तयसअघि शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु […]

एमबीबीएसको शुल्क बढाउने आयोगको प्रस्ताव, प्रधानमन्त्रीले भने रोक्नुस्

१० माघ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७-०७८ मा एमबीबीएस कार्यक्रमका लागि ८ लाख शुल्क बढाउन प्रस्ताव गरेको छ । आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले विभिन्न कारण देखाउदै ४० लाख २३ हजार २ सय ५० रुपियाबाट वृद्धी गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको थियो । तर आयोगका अध्यक्ष समेत रहका प्रधानमन्त्री केपी शर्मा ओलीले […]

थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

१० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३५४१ नमुना परीक्षण गर्दा ९१ महिला र १४१ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । उनीहरुमध्ये २ लाख ६३ हजार ७३४ जना निको […]

चम्पादेवी हाइकिङ : मनमगन यात्रा, मनमोहक गन्तब्य

१० माघ, काठमाडौं । एक दिनको बिदामा कुनै न कुनै गन्तब्य घुम्ने योजना बनाएका सञ्चारकर्मी विश्वास रेग्मी चम्पादेवी डाँडो दुई टक पुगे । दुबै पटक उनले फरक-फरक रुट प्रयोग गरे । गन्तब्य उही थियो, तर अनुभुति फरक । चम्दादेवी हाइकिङ कम्तिमा चार वटा रुटबाट गर्न सम्भव छ । एउटै गन्तब्यमा चार वटा रुटबाट पुग्दाको अनुभूतिकै […]

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु

१० माघ, काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आजदेखि सुरु भएको छ । भर्चुअल माध्यमबाट भोलिसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । विशेष महाधिवेशनको उद्घाटन पछि सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए । मन्त्री […]

खप्तडको समीपमा अपी र सैपाल हिमाल (फोटो फिचर)

१० माघ, काठमाडौं । खप्तड आन्तरिक पर्यटकको रोजाइको क्षेत्र हो । बझाड, बाजुरा डोटी र अछामको संगमस्थल हो खप्तडलाई सुदूरपश्चिमको श्रीपेच मानिन्छ । मेरो खप्तड यात्रा यो पाँचौँ पटक हो । पहिलोपटक सन् २०११ मा पुगेको थिएँ । जतिपटक खप्तड पुगे पनि जान मन लागिरहन्छ । त्यहाँ पुग्दा मनलाई निकै आन्नद आउँछ । त्यसैले खप्तड […]

रुपन्देहीमा निर्माणाधीन खानेपानी ओजनाको पाइपमा आगलागी

१० माघ, बुटवल । रुपन्देहीको तिलोत्तमामा खानेपानी पाइपको थुप्रोमा आगलागी भएको छ । तिलोत्तमा-४ सीमानगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत निर्माणाधीन शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपमा शनिबार मध्यान्ह आगलागी भएको हो । आगलागीलाई बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकलले आधा घण्टामै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय […]

‘सन्काहा’को निर्णय अदालतले सदर गर्ने हैन : युवराज ज्ञवाली

१० माघ, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझीभन्दा पनि बढी प्रतिगामी र राष्ट्रघाती भएको आरोप लगाएका छन् । प्रतिनिधि सभा विघटन गरेर ओलीले संविधान, कम्युनिस्ट आन्दोलन, गणतन्त्र र राष्ट्रियता सिध्याउन खोजेको ज्ञवालीको ठम्याइ छ । उनलाई पार्टीले अध्यक्षबाट […]

संसद् पुनःस्थापना पहिलो प्राथमिकता : शशाङ्क कोइराला

१० माघ, महेन्द्रनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिह्नलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको बताए । ‘हाम्रो आग्रह संसद् पुनःस्थापनाका […]

करको दायरा बढाउँदै भरतपुर महानगर

१० माघ, चितवन । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि बढाएको छ । कोरोना भाइरस कोभिड-१९ पछि सुस्ताएको व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्किएसँगै राजस्व सङ्कलन बढ्दै गएको हो । भरतपुर महानगरपालिकाले हालसम्म रु २५ करोड ५० लाख राजस्व स्ङ्कलन गरेको छ । असार मसान्तसम्ममा रु ९० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ जसमा […]

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१० माघ, सप्तरी । तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्लाको बोदे बर्साइन नगरपालिका २ जोगियास्थित बिसनपुर-बोदे बर्साइन सडक खण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना भएको हो । बिसनपुरबाट बोदेबर्साईनतर्फ जाँदै गरेको ३ जना सवार प्रदेश नम्बर २-०१-००१ प ६४०३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना […]

सर्लाही र धनुषाबाट ३ वटा पेस्तोलसहित २ जना पक्राउ

१० माघ, जनकपुरधाम । सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय अरुण मिश्र रहेका छन् । उनलाई कविलासी नगरपालिका-१० चमेलीमाइबाट हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए । उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको […]

जब हरिभक्त कटुवालले भने, ‘बोर गर्‍यौ शङ्कर दाइ !

शंकर लामिछानेका निबन्ध र लेखहरूलाई नेपाली साहित्यमा उच्चकोटीका रचना मानिन्छ । चेतनप्रवाह र प्रयोगशील लेखनका पर्याय लामिछानेको जीवन पनि त्यतिकै प्रयोगशील छ । १९८४ चैत्र ५ गते भक्तपुरमा जन्मेका लामिछानेको २०३२ माघ १० गते काठमाडौंमा निधन भयो । आफ्नो समयमा लामिछाने साथीभाइ बनाउन माहिर थिए । भारतीय राजदूत, विदेशी पर्यटक, अनुसन्धानकर्तादेखि स्वदेशी साहित्यकारसँग उनको दोस्ती […]

नागरिक समाजले सोमबार बालुवाटारमै मार्चमास गर्ने

१० माघ, काठमाडौं । नागरिक समाजले आगामी सोमबार (माघ १२ गते) प्रधानमन्त्री निवास बालुवाटारमै प्रदर्शन गर्ने भएको छ । संसद विघटनको विरोधमा सुरु भएको बृहत नागरिक आन्दोलनले यसअघि नै बालुवाटारमै प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको थियो । सोहीअनुसार प्रदर्शन कार्यक्रम सोमबारका लागि तय गरिएको नागरिक आन्दोलनका प्रतिनिधि युग पाठकले जानकारी दिए । दिउँसो २ बजे […]

कावासोतीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

१० माघ, कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका-८, स्थित भित्री सडकखण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती नगरपालिका-३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती-८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका […]