Comments Add Comment

साहित्य

List Grid
कविता : वर्षादका थोपा

कहाँ लेख्न सक्नु र यो धर्तीको बयान एकदुई जन्मले आँक्नै असम्भव छ यहाँका बान्की र बनावट नारद हो र एउटा नारायणको महिमा गाउन एकतारे भए पुग्ने यहाँ त सयतारेले हजारौं भाका रचेर हजारौं–हजार गीत पो गाउनु छ ! जब बादल हानिँदै पर्वत शृंखलाहरूमा टकराउँछ ती असंख्य प्रवाहहरूको सङ्गीत भरौं कि तिनै बादलहरू मूल भै निस्केको विज्ञान पर्गेलौं कि मूल वरिपरि फुलेका सभ्यताको इतिहास लेखौं ! कुवाका ठट्यौलीहरू के लेखौं भन्छु घुरका न्यानोपनले मस्त लठ्याउन थाल्छन् मिथिलातिरका कलामा जब डुब्न खोज्छु ठाँटीका ढाँचा दङ्गदास पार्न आइहाल्छन्   गुफाभित्रका रहस्य खोतल्नै त कहाँ छ कहाँ मन्दिर,मस्जिद र देवलका ज्ञानहरु कहिले बुझौं एउटा बुद्ध थाहा पाउँदा संसार चकित छ दर्जनौं आदिबुद्ध उजगार गरेर कहिले सकौं !   ती शान्त पोखरी र गहिरा इनारहरूको तकनिकि त यसो लेखौंला लोक्ताहरुले कागज बनाएको शीप पनि बुझौंला डण्डीबियो, गिर अनि बाघचालका आविष्कार कहाँ पाउँ ढुङ्गे बारीमै लहलह फलाउने ती ज्ञान–गाथा खोजेर कहिले सकौं ?   गन्न सकिएला बरु वर्षादका थोपा अनि आकाशका तारा तर सकिँदैन आँक्न यी बान्की र बनावट सारा प्रयत्न अवश्य गरिरहुँला जुनी–जुनीसम्म नेपाली भएर दिइरह्यौ भने यहीँ जन्म ।

कथा : गाउँ कहाँ छ ?

अविनाशले कतारबाट फोन गर्यो, ‘बाबा, म घर आउने भएँ दसैंमा ।’ घनश्याम खुसी भयो । छोरो अविनाश गाउँ नआएको पनि पाँच वर्ष भइसकेको थियो । कान्छो विवेक बुहारीसहित बिर्तामोडमा थियो । बुहारी दुई जीउकी छे, यो पालि दसैंमा घर आउन सक्दैनौं भनेर समाचार पठाएको थियो । दसैं खल्लो हुन्छ कि भनिरहेका बेला अविनाशको फोनले घनश्यामलाई […]

‘पाठेघर’ र ‘वीर्य जमीन’ को झट्का

करिब आधा वर्ष कोभिड १९ ले थल्याइरहेका बेला मलाई आफ्ना व्यक्तिगत पुस्तकालयमा थन्किएका किताबहरू पढ्ने मौका मिल्यो । केही कविता, उपन्यास र निबन्ध पढ्न बाँकी नै थिए । किताबका चाङबाट उठाउँछु सशक्त कवि बादल चाम्लिङको कविता कृति ‘पाठेघर’ । हामी पाठकलाई पुरातात्विक रचना ज्ञानका लागि र अर्गानिक मोर्डन रचना ज्ञान र आनन्दका लागि आवश्यक पर्दोरहेछ […]

कविता : माटोको आवाज

उनीहरू- मेरो सिङ्गै छाला काढेर छाता बनाउन खोज्दैछन् जम्मै मासु ताछेर चिलहरूलाई खुवाउन खोज्दैछन् यी सक्कली हातखुट्टा पनि फक्लक्क फुकालेर सट्टामा आफ्नै अनुहार चिथोर्ने एकजोर हात दिन खोज्दैछन् र भीर खोज्दै हिँड्ने एकजोर खुट्टा दिन खोज्दैछन् उनीहरू- मेरै आलो रगतले लेख्न चाहन्छन् शान्तिको नयाँ परिभाषा मेरै आँखा निकालेर बनाउन चाहन्छन् शक्तिशाली ‘सूक्ष्मदर्शक यन्त्र’ गमला बनाएर […]

कविता : बागी सपना

तोडिएपछि महाविष्फोटले महाशून्यता सृष्टि भएको हुनुपर्छ भयानक आवाज चढ्दै आवाज माथि-माथिसम्म ओर्लंदै आवाज तल-तलसम्म बितेको हुनुपर्छ निकै लामो समय-शृङ्खला ठोक्किँदा-ठोक्किँदै आरोह-अवरोहमा जन्मिएको हुनुपर्छ अचानक पहिलोपल्ट सङ्गीतको मूच्र्छना सा.रे.ग.म.प.ध.नि.सा सा.नि.ध.प.म.ग.रे.सा लामो कालखण्डको एकालापपछि सङ्गीतको निरन्तर सम्मोहनले पोखिएको हुनुपर्छ शून्यताको आदिम-आँशु र, फैलिएको हुनुपर्छ पानी-पानीको तातो साम्राज्य उब्जिएको हुनुपर्छ त्यही पानीमा असङ्ख्य जीवाणु र, त्यहीँबाट सुरु भएको […]

कथा : क्यानभासभित्र

यो मन्दिर परिसर कुनै क्यानभासजस्तो लाग्छ । यहाँ अनेक पात्रहरू अनेक रङ पोतिरहन्छन् । थपिँदै जान्छ रङ, कोरिँदै जान्छ एक गतिशील चित्र । समयजस्तो कुनै अर्को चित्रकार, अहँ सायद छैन । मन्दिरमा प्यासीहरू आउँछन्, सपनाका रङ पोखेर जान्छन् । भिखारी अभावका रङ पोत्छन् । धनीहरू सम्पन्नताको रङ, पापी पापका र धर्मीहरूका धर्मका रङ पोत्छन् । […]

कविता : फेरि एकचोटि

यातनाका अजस्र पहाडहरू नाघ्न सक्छ्यौ तिमी तिमीलाई अरू यातना दिन मन छ- फेरि एकचोटि चाहूँ त – अहिल्यै हत्या गर्न सक्छु म तिम्रो छुरी रोप्न सक्छु तिमीलाई आगो या तेजाबले नुहाइदिन सक्छु फकाउँदै लगेर कुनै भीरको टाकुराबाट हुत्याइदिन सक्छु डोहोर्‍याउँदै लगेर गुडिरहेको गाडि अघिल्तिर धकेल्दिन सक्छु तर, कसोकसो हत्यारा यी हातबाट तिमीलाई बचाउन मन छ- […]

कथा : त्यसपछि जिन्दगी

त्यसपछि मेरो जीवन कहिल्यै नसोचेको बाटोतिर मोडियो । चाहेका बेला आत्महत्या गर्न पाएको भए मेरो जीवन टुंगिएको दश वर्ष बितिसकेको हुने थियो । विगतलाई फर्केर हेर्दा आफैंले बेहोरेका घटनाहरू आफैंलाई काल्पनिक लाग्छन् । एउटा गुन्डाको नजरमा नपरेको भए, परिवारले साथ दिएको भए, प्रहरीमा गएको भए वा दीपकले विवाह गरेको भए आज म अर्कै बिमला हुन्थेँ […]

सुपरम्यान

पुतलीसडकको सडक सफा र चौंडा थियो । फुटपाथ उत्तिकै ठूलो । छेउछेउमा रङ्गीचङ्गी फूल फुलिरहेका थिए । जाम थिएन ! ठाउँठाउँमा मेट्रो चढ्नका लागि मानिसहरू शान्त ढङ्गमा लाइन बसिरहेका थिए । एकादेशमा ऊ कम्युनिस्ट थियो । तर, ऊ आफूलाई ‘सुपरम्यान’ भन्न रूचाउँथ्यो । अरूले त्यसरी नै बुझुन् भन्ने उसको चाहना हुन्थ्यो । उसले प्रधानमन्त्रीको शपथ […]

कथा : याचना

बाहिर झरी परिरहेको छ । झरीको अविराम संगीत र बा’को खोकी यसरी समवेत सुनिइरहेको छ मानौं कुनै शास्त्रीय संगीतको जुगलबन्दी भइरहेको छ । बा भुइँतलाको ओछ्यानमा सुतिरहनुभएको छ । कुनाको खाटमा म असजिलो गरी पल्टिरहेको छु । बाको हरेक खोकी घरको चारभित्तामा ठोकिएर मसम्म आइपुग्छ र मेरो दुखाइलाई अझ बल्झाइरहन्छ । हरेक खोकीले बाको घाँटीको […]

कविता : फिर्ता

फिर्ता गर्नुछ सबै–सबै जसरी फोक्सोले फिर्ता गर्छ श्वास वायुमण्डलमा मुटुले फिर्ता पठाउँछ रगत धमनीहरूलाई हृदयले फिर्ता लिन्छ/दिन्छ मायाको उच्छवास फिर्ता गर्नु भनेको बाँच्नु पो हुँदो रहेछ मलाई पनि फिर्ता गर्नुछ सबै–सबै र बाँच्नुछ चैनको जुनि फिर्ता गर्नुछ विवाहको प्रस्तावसहितको प्रियसीको प्रेमपत्र फिर्ता गर्नुछ परिवार, समाज र राज्यको बन्धन सुखसयलका नाममा प्राप्त सबै–सबै भ्रमका जालो प्रविधिले […]

प्रिय अखडा !

अखडा भनेको फटाहा, बदमास लुक्ने ठाउँ होजस्तो लाग्थ्यो । चोरहरूले चोर्न सल्लाह गर्ने कुनै गुप्तस्थान, बदमासहरूले कुनै उपद्रो गर्न योजना बनाउने एकान्तस्थान होलाजस्तो लाग्थ्यो । अहो ! अखडा शब्दको त व्यापक अर्थ लाग्दोरहेछ । चोर, साधु, सज्जन, बौद्धिक वर्ग र राजनीति गर्नेहरूको जमघट हुने ठाउँलाई पनि अखडा भनिँदोरहेछ । थाहा छैन, म सहभागी ती अखडाहरू […]

कविता : चिसो शहर

बडो चिसो छ शहर उदास आँखाहरू गरिरहेछन् ओहोरदोहोर अझै उडिरहेछन् सपनाका पछीहरू गगनमा तर, फर्किने टुङ्गो छैन तिनको– फेरि यही शहर बडो चिसो छ शहर ।   न्याना मनहरू कहाँ गए?  अब त्यो स्नेह कहाँ गयो ? फर्किन्थे चरा गुँडमा, तिनको झुण्ड खोई कहाँ गयो ? बडो धुम्म छ शहर, हतास मनहरू गरिरहेछन् ओहोरदोहोर अझै […]

कालीप्रसाद रिजाल : त्यही खसी चराउने, त्यही काट्ने !

८ कात्तिक, काठमाडौं । ८० वर्षे चर्चित गीतकार कालीप्रसाद रिजालको  मनमा ‘केही मिठो बात’ गर्ने तुलबुल घटेको छैन । जे जस्तो भयो जीवन, त्यसको गीत लेख्ने चाह छ । अन्यायविरुद्ध हुँकार गर्ने कविता लेख्ने हतार छ । उनलाई जन्मस्थान धनकुटाबाट काठमाडौं पसेको हिजैजस्तो लाग्छ । सरकारी सेवा प्रवेश गरेको, नारायण गोपालहरूलाई भेटेको, कविता मात्र लेखेको […]

कविता : देवकोटाको घर

सरकारले खरिद गरेको छ देवकोटाको घर महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घर बिक्री भएतापनि त्यसमा सामेल छैन उनको विपुल काव्य उनी भारतीय कविहरू प्रसाद, निराला र पन्तसमान एकमुष्ट प्रतिभावान कवि रहेको घोषणा गरेका थिए कुनै बखत भारतका प्रसिद्ध महापण्डित राहुल सांसकृत्यायनले यस्ता महा–साहित्यकार थिए हाम्रा महाकवि देवकोटा महाकवि देवकोटाको घरलाई एउटा म्युजियमसरह बनाएर सरकारको बलियो पहलमा […]

सुमधुर मदिरा : क्षणभङ्गुर मित्रता

खासमा यो शीर्षक नै उपयुक्त थिएन । म यसैको फन्कोमा र यसैको रन्कोमा केही लेख्छु भन्ने सोचर टाउकोमा शीर्षक लेखिहालें तर सुरुमा नै मलाई कताकता यसको सेरोफरोभन्दा बाहिर नै कलम खेलाउन मन लाग्यो । म प्रायः केही लेख्नुपर्दा विषय र परिधि चयन गर्छु, सन्दर्भहरूको टिपोट गर्छु र सिलसिलाको तन्तुहरूलाई मनभित्र खेलाउँछु । यति भए मेरो […]

कविता : ईश्वरवल्लभकी आमाले आत्महत्या गरेको देशलाई तपाईं चिन्नुहुन्छ ?

युद्ध जितेर फर्किएको भीम मल्ललाई काटेर उनकी युवा रानीलाई घिसार्दै बागमतीको चितामा पुर्‍याउने हातहरू जन्माउने देश ! विष खुवाएर रानीको छोरालाई मारेको दोष थुपारेर आत्महत्या गर्न बाध्य पारिएका भीमसेन थापाको देश ! पराजित, सार्वभौम नागरिकको नाक–कान काट्ने देश ! बृहत् नेपालको लागि लड्ने बहादुर शाहलाई अपमानित गर्ने देश ! स्वतन्त्र प्रेस चाहिन्छ भनी वकालत गर्ने […]

आधा परिचय 

म मुस्कुराएँ, उनी पनि मुस्कुराइन् । हाम्रा दुई भिन्न ओठबाट बिहानको खाजा समयमा साटिए दुई मुस्कान । आधा अनुहार मास्कले छोपिएपछि मुस्कान छुटेको या नछुटेको केवल अनुमान गर्न सकिन्छ । हामी बिहान खाजा खाउन्जेलमात्र मास्क खोल्न पाउँछौं । दिनभर मास्कले टालेको टाल्यै हुने हाम्रा ओठमा मुस्कानभन्दा बढी थकानका सुस्केराहरू गुम्सिन्छन् । म र लिली दुई […]

दसैंमा सुस्ताएको पुस्तक बजार : के के छापिए ?

३ कात्तिक, काठमाडौं । लकडाउनका बेला साहित्यिक पुस्तकहरुको प्रकाशन र विक्री पूर्णतः बन्द भए । एकाध प्रकाशक र बिक्रेताले अनलाइनमार्फत पुस्तक बिक्री गरे पनि आम व्यवसाय ठप्प भयो । भारतबाट पुस्तकहरु आउने क्रम त करसम्बन्धी विवादले लगडाउनअघि नै रोकिइसकेको थियो । लकडाउन खुलेपछि भदौको सुरुमा पुनः निषेधाज्ञाका रुपमा लागू भएपछि पुस्तक बजार शुन्य बन्न पुग्यो […]

‘साहित्य, सङ्गीत र कलाको साँध सिमाना हुँदैन’

आज म खुशीले भाव विह्वल बनेकी छु। मलाई नेपालको जगदम्बा-श्रीजस्तो गरिमामय पुरस्कारले सम्मानित गरिँदा मेरो दीर्घकालीन सङ्गीत यात्रा सार्थक भएको ठानेकी छु। यो मेरो जीवनको अत्यन्त स्मरणीय अनि ऐतिहासिक क्षण हो। गुठीद्वारा यो पुरस्कारको निम्ति मेरो नाम चयन भएको घोषणा हुनसाथ चारैतिरबाट सङ्गीत, साहित्य, कला आदि क्षेत्रका वरिष्ठ व्यक्तिहरू अनि असंख्य आत्मीयहरूबाट अपार खुशी व्यक्त […]

‘मेरो ठुटे कलमलाई मदन पुरस्कारले अकल्पनीय स्थान दियो’

उही लहरमा दुरुस्त त्यसरी नै उभिने अवसर मिलेको छ, जसरी झन्डै आठ दर्जन विद्वान् साहित्यकारहरू यसअघि उभिनुभएको थियो र आफ्ना पवित्र पाइलाहरूले यो भूमिलाई गौरवान्वित बनाउनुभएको थियो । तिनै आदरणीय अग्रजहरूका पवित्र पावन पदचिह्नमाथि उभिनु पर्दा मेरा गोडाहरू लगपकाएका छन् । तीव्र गतिमा मुटु स्पन्दित भैरहेको छ । नेपाली साहित्यका महारथीहरूको त्यही विराट उपस्थितिले निर्माण […]