+
+
Shares

हिमाचलमा कुकुरले कसरी बचायो ६७ जनाको ज्यान ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते ९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमाचल प्रदेशको मण्डी जिल्लामा कुकुरले ६७ जनाको ज्यान बचाएको घटना १६ गते भएको हो।
  • गाउँमा कुकुरको भुकाइले पहिरो र बाढीको पूर्वसूचना पाएर मानिसहरू सुरक्षित स्थानमा पुगे।

हिमाचल प्रदेशस्थित मण्डी जिल्लाको एउटा गाउँमा कुकुरले ६७ जनाको ज्यान बचाएको छ । घटना यही १६ गतेको हो । मध्यरातको समयमा कुकुर जोडजोडले भुक्दै रुन थाल्यो । ‘रक्की’ नामको उक्त कुकुर  स्थानियले घरमा पालेका थिए ।

स्थानिय पुरुषका अनुसार कुकुरको अनौठो र चर्को आवाज सुनेपछि उनीहरु ब्यूँझिए । ‘म कुकुरको नजिक गएँ, त्यसबेला घरको भित्तामा चिरा परेको थियो र त्यहाँबाट पानी छिचोलिएको थियो’ उनले भनेका छन्, ‘म कुकुरसँगै बाहिर निस्किएँ ।’ त्यसबेला मध्यरात भइसकेको थियो । गाउँमा सबैजना सुतिसकेका थिए । उक्त पुरुषले गाउँभरी हल्ला गरेर त्यहाँबाट भाग्न भने ।

मुसलधारे पानी परिरहेको थियो । गाउँलेहरु हत्तपत्त उठेर भाग्न थाले । रातको करिब १ बजेको समयमा ठूलो आवाजसहित पहिरो गयो । हेर्दाहेर्दै मण्डीको धर्मपुर क्षेत्रस्थित सियाठी गाउँ पुरै माटोमा मिल्यो ।

अहिले त्यस क्षेत्रमा चार पाँच घर मात्र बाँकी छ । बाकी सबै पहिरोमा पुरिएका छन् ।

बचेका मानिसहरू अहिले त्रियाम्बला गाउँमा रहेको नैनादेवी मन्दिरमा विगत सात दिनदेखि शरण लिएर बसेका छन् । यो त्रासदीले धेरै गाउँलेलाई रक्तचाप र डिप्रेशनको समस्या भएको छ ।

हिमाचल प्रदेशमा मनसुन सुरु भएयता कम्तीमा ७८  जनाको मृत्यु भएको छ । तीमध्ये ५०  जनाको मृत्यु भूस्खलन, आकस्मिक बाढी र चट्याङ जस्ता घटनामा भएको छ । बाढी र पहिरोबाट मण्डी जिल्लामा सबैभन्दा बढी मृत्यु भएको छ ।  आकस्मिक बाढीले मण्डीमा  ठाउँ ठाउँका सडकहरू अवरुद्ध भएका छन् ।

भारतीय मौसम विज्ञान विभागले सोमबार हिमाचल प्रदेशका १० जिल्लामा आकस्मिक बाढीको चेतावनी जारी गरेको छ ।

माण्डीस्थित सियाठी गाउँ भने बाढीबाट ठूलो मानविय क्षति हुनबाट जोगिएको छ । कुकुरले भुकेर सर्तक गराएपछि त्यहाँ मान्छेहरुले सुरक्षित ठाउँमा माग्ने मौका पाए । उनीहरु सुरक्षित ठाउँमा पुगेको केही समय बित्न नपाउँदै पहिरोले सबै गाउँ बगायो । भयानक विपतको संकेत गर्दै कुकुरले  २० घर–परिवारको ज्यान जोगाएको कुरा अहिले भारतिय समाचारहरुमा चर्चामा छ । स्थानिय वासिन्दा र प्रशासनले रकीलाई तारिफ गरेका छन् । उनीहरुले भनेका छन्, ‘यदि यो कुकुरले सर्तक नगराएको भए गाउँसहित सबै मान्छे पहिरोमा पुरिने थिए । किनभने त्यसबेला सबैजना सुतिरहेको अवस्था थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?