+
+
Shares

अब फोटोबाटै बन्नेछ डिजिटल दराज र भर्चुअली कपडा ‘ट्राई’ गर्न मिल्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते ९:४६

गुगल फोटोले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी प्रयोगकर्ताका लागि ‘डिजिटल वार्डरोब’ तयार पार्ने नयाँ फिचर सार्वजनिक गर्ने घोषणा गरेको छ।

यो फिचरले प्रयोगकर्ताका पुराना फोटोहरू स्क्यान गरेर उनीहरूले लगाएका कपडा का आधारमा एक व्यवस्थित डिजिटल दराज बनाइदिनेछ, जसले गर्दा ‘के लगाउने?’ भन्ने अलमललाई कम गर्न मद्दत पुग्ने विश्वास  छ ।

यस नयाँ फिचरका मुख्य विशेषताहरू यस प्रकार छन्–

कपडा हरूको स्वचालित वर्गीकरण : गुगल फोटोको एआईले तपाईँको फोटो लाइब्रेरीबाट कपडा हरू पहिचान गरी ‘वार्डरोब’ कलेक्सनमा संग्रह गर्नेछ। यसमा गरगहना, सर्ट, पाइन्ट जस्ता विभिन्न विधामा कपडा हरू फिल्टर गरेर हेर्न सकिनेछ, जसले गर्दा दराजमा थन्किएका पुराना कपडा हरू फेला पार्न सहज हुनेछ।

भर्चुअल ट्राइ-अन : कपडा लगाउनुअघि नै त्यो आफूलाई कस्तो देखिन्छ भनेर हेर्न यसमा ‘भर्चुअल’ परीक्षणको सुविधा दिइएको छ। प्रयोगकर्ताले छुट्टाछुट्टै कपडा का टुक्राहरू छनोट गरेर ‘Try it on’ बटन क्लिक गरी त्यसको डिजिटल प्रिभ्यु हेर्न सक्नेछन्।

आउटफिट मिक्स एन्ड म्याच : प्रयोगकर्ताले आफ्नो डिजिटल वार्डरोबबाट विभिन्न कपडा हरू मिलाएर नयाँ ‘आउटफिट’ तयार पार्न सक्नेछन्। यस्ता कम्बिनेसनहरूलाई विभिन्न अवसर (जस्तै: बिहे, अफिस वा भ्रमण) अनुसार मुडबोर्डमा सेभ गर्न वा साथीहरूलाई सेयर गर्न पनि सकिनेछ।

यो नयाँ फिचर यसै वर्षको ग्रीष्म ऋतुबाट सुरुमा एन्ड्रोइड र त्यसपछि आईओएस प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?