+
+
Shares

खोलिसकेपछि नरिवल पानी कति समयसम्म राख्न मिल्छ ?

खोलिसकेपछि नरिवल पानी धेरै लामो समयसम्म भण्डारण गरेमा बिग्रन्छ । यसका पोषक तत्वहरू पनि कम हुन थाल्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नरिवल पानी खोल्नेबित्तिकै तुरुन्तै पिउँदा सबैभन्दा फाइदाजनक हुन्छ र २२-२४ डिग्री तापक्रममा २ देखि ४ घण्टामा बिग्रिन्छ।

हरियो नरिवलको पानी स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । नरिवल पानीमा भिटामिन ‘बी’ का साथै भिटामिन सीको मात्रा प्रशस्त पाइन्छ । जसले शरीरमा एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ । त्यस्तै, यसमा पाइने साइटोकिनिन्सले एन्टिएजिङ, एन्टिकार्सिनोजेनिक तथा एन्टिथ्रोम्बोटिकको रूपमा काम गर्ने विभिन्न अनुसन्धानहरुले जनाएको छ ।

विशेष गरी धेरै गर्मी हुने क्षेत्रमा नरिवल पानी धेरै रूचाइन्छ । नेपालको तराई क्षेत्र लगायत काठमाडौं र अन्य शहरहरूमा समेत यसको खपत राम्रै हुन्छ । कतिपय अवस्थामा हामीले अस्पतालमा बिरामी भेट्न जाँदा नरिवल पानी प्याक गरेर लैजाने गरेका छौँ ।

के यसरी नरिवलबाट पानी निकालेर टाढा लैजानु राम्रो हुन्छ ? नरिवल फोरिसकेपछि त्यो पानी कति समयसम्म बाहिर राख्न मिल्छ त ?

खोलिसकेपछि नरिवल पानी धेरै लामो समयसम्म भण्डारण गरेमा बिग्रन्छ । यसका पोषक तत्वहरू पनि कम हुन थाल्छन् ।

नरिवल खोल्नेबित्तिकै तुरुन्तै पिएमा सबैभन्दा फाइदाजनक मानिन्छ । यदि २२-२४ डिग्रीमा तापक्रम रहेको कोठामा राखिन्छ भने २ देखि ४ घण्टासम्ममा यो बिग्रिन्छ । बिग्रिएपछि पिउँदा यसको स्वाद नमिठो हुनुका साथै स्वास्थ्यलाई फाइदाको सट्टा हानि गर्ने जोखिम पनि रहन्छ ।

लामो समयसम्म ताजा राख्न के गर्ने ?

फ्रिजरेटरमा राख्ने हो भने यो लगभग २४ घण्टासम्म राख्न सकिन्छ । त्यसपछि, यो अवस्थ नै त नहुनु सक्छ तर यसको स्वाद, पोषण र ताजापन कम हुन थाल्छ । त्यसैले, यसलाई निकालेपछि जतिसक्यो चाँडै पिउनु नै उपयुक्त हुन्छ ।

यदि यसलाई प्याकेटबन्द बनाएर फ्रिजरेटरमा राख्ने हो भने लामो समय भण्डारण गर्न सकिन्छ । यसलाई १ देखि २ महिनासम्म सजिलै राख्न सक्नुहुन्छ । यद्यपि, प्याक खोलेको २४ देखि ४८ घण्टा भित्र यो प्रयोग गरिसक्नुपर्छ ।

नरिवल पानी भण्डारण गर्ने सबैभन्दा सजिलो उपाय भनेको बलियो बिर्को भएको बोलत राखेर फ्रिजमा राख्नुपर्छ । धेरै मात्रामा भण्डारण गरिएको हो भने निकालेर पिउँदै फेरि त्यसैगरी राख्दै गर्न सकिन्छ । तर बिर्को खोलेर धेरै बेर नराखी तुरुन्त फेरि पहिलेकै जसरी राख्नुपर्छ ।

कस्तो संकेत देखिए नरिवल पानी खराब छ भनेर बुझ्ने ?

स्वाद अमिलो भएको छ भने यो बिग्रियो भनेर बुझ्नुपर्छ । रङ परिवर्तन हुने र नराम्रो गन्ध आएको छ भने पनि त्यो पिउनु हुँदैन । कहिलेकाँही कुनै खराब कुरा मिसिएर पनि यो बिग्रिन सक्छ । त्यसलाई पनि राम्ररी ध्यान दिनुपर्छ ।

बिरामी भेट्न जाँदा नरिवल पानी नलाने त ?

यसमा आफू जान लागेको दूरी र आफ्नो ठाउँको तापक्रमलाई विचार गर्नु आवश्यक हुन्छ । यदि जान लागेको गन्तव्य नजिकै छ भने नरिवल पानी लैजान मिल्छ । यदि दूरी टाढा छ र धेरै गर्मी वातावरण भएको अवस्थामा चाँडै बिग्रिन सक्छ

अर्को महत्वपूर्ण कुरा भनेको यसरी लगेको नरिवल पानी जतिसक्यो चाँडो पिउनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?