+
+
Shares
फिल्म 'लालीबजार' :

दर्शक भेट्न हल-हलमा स्वस्तिमा, भन्छिन्- पुरुष दर्शकको आँखा पनि रसाएका छन्

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १४:१३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • याम थापा निर्देशित फिल्म ‘लालीबजार’ देशब्यापी प्रदर्शन भैरहेको छ र कलाकारले दर्शक भेट्न हल-हलमा पुगिरहेका छन्।
  • अभिनेत्री स्वस्तिमा खड्काले फिल्मले आमाको महत्व र छोरीप्रतिको दायित्व झनै बढाएको बताइन् र दर्शकले स्पष्ट रुपमा बुझेको उल्लेख गरिन्।
  • डेब्यु अभिनेता विशाल देवकोटालाई दर्शकले ‘राम्रो अभिनय’ गरेको भन्दै प्रतिक्रिया दिएका छन् भने डेब्यु अभिनेत्री प्रशंसा सुवेदीले सबै वर्गका दर्शकले फिल्मलाई माया दिइरहेको बताइन्।

काठमाडौं । याम थापा निर्देशित फिल्म ‘लालीबजार’ देशब्यापी प्रदर्शन भैरहेको छ । प्रदर्शन भएपछि कलाकार र फिल्म युनिट दर्शक भेट्न हल-हलमा पुगिरहेको छ ।

शीर्ष पात्रको भूमिका निर्वाह गरेकी अभिनेत्री स्वस्तिमा खड्काले हलमा पुगेर दर्शक भेटेका फोटो र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेकी छन् ।

उनीसँगै कलाकार रवीन्द्रसिंह बानियाँ, विशाल देवकोटा, प्रशंसा सुवेदीसहित निर्देशक थापा, निर्माता म्याक्स दिपेश खत्री, कार्यकारी निर्माता प्रदीप भटट्राई पनि हलमा पुगिरहेका छन् ।

परिवारसहित हलमा पुगेका दर्शक भावविह्वल भएको निर्माता खत्रीले बताए । फिल्मले आमाको महत्व र छोरीप्रतिको दायित्व झनै बढाएको प्रतिक्रिया दर्शकले दिएको निर्माताले बताए ।

एकल आमाले सङ्घर्ष गरेर छोरीलाई पढाउने विषयले आँशु रोक्न नसकेको कतिपय दर्शक बताउँछन् । पहिलो र दोस्रो दिनजस्तै आइतबार पनि कलाकार हल–हलमा पुगेर दर्शकलाई भेटिरहेका छन् ।

स्वस्तिमाले भनिन्, ‘हामीले फिल्ममार्फत देखाएको विषयलाई दर्शकले स्पष्ट रुपमा बुझ्नु भएको छ । महिला मात्र होइन, पुरुष दर्शकको आँखा पनि रसाएका छन् । फिल्म हेर्नेले यो कुनै समुदाय वा वर्ग विशेषको नभई सम्पूर्ण आमा र छोरीको कथा भन्नुभएको छ ।’

हलमा पुगेका डेब्यू अभिनेता विशाल देवकोटालाई दर्शकले ‘राम्रो अभिनय’ गरेको भन्दै प्रतिक्रिया दिए । फिल्ममा उनले निर्वाह गरेको ‘नारायण’ कै पात्रको नामले दर्शकले उनलाई हलमा बोलाए । डेब्यु फिल्ममै दर्शकको मायाले आफू उत्साहित र दंग रहेको अभिनेता विशालले बताए ।

डेब्यु अभिनेत्री प्रशंसा सुवेदीले सबै वर्गका दर्शकले फिल्मलाई माया दिइरहेको बताइन । जेनजी अभियन्ताकी रुपमा चिनिएकी कन्टेन्ट क्रिएटर प्रशंसाले फिल्ममा स्वस्तिमाको छोरीको भूमिका निर्वाह गरेकी छिन् ।

‘मेरो उमेरका दर्शक पनि हलमा उत्तिकै पाएकी छु, परिवार नै फिल्म हेर्न आइरहनुभएको छ । पहिलो फिल्ममै मैले दर्शक र फिल्मकर्मीबाट पाएको माया र प्रतिक्रियाले मलाई झनै हौसला थपेको छ’, उनले भनिन् ।

निर्देशक थापाले फिल्मको बारेमा गरिएको अड्कलबाजी फिल्म हेरेपछि स्पष्ट हुने बताए । उनले स-परिवार नै आनन्दले फिल्म हेर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?