+
+
Shares

‘फेसवास गर्न अल्छी मान्ने मान्छेले ब्रेनवास गर्‍यो भनेर कसरी पत्याउने ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते २०:३१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले नेता सूर्य थापाले चुनावमा हारपछि नाइट बसमा फिल्म देखाएर जनतालाई 'ब्रेनवास' गरिएको बताएका छन्।
  • अभिनेत्री स्वस्तिमा खड्काले थापाको अभिव्यक्तिप्रति फेसबुकमा प्रतिक्रिया दिँदै 'फेसवास गर्न अल्छी मान्छेले ब्रेनवास गर्‍यो भनेर कसरी पत्याउने ?' भनेकी छन्।
  • पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले स्वस्तिमाको भनाइमा समर्थन जनाउँदै लाइक गरेकी छन्।

काठमाडौं । चुनावमा हार व्यहोरेपछि गतसाता एक टिभी अन्तर्वार्तामा एमाले नेता सूर्य थापाले नाइट बसमा फिल्म देखाएर जनतालाई ‘ब्रेनवास’ गरिएको बताएका थिए ।

‘घण्टीप्रति आएको लहर’ तिर लक्षित गर्दै उनले चुनावी कथावस्तुका फिल्म झरीपछिको इन्द्रेणी, दिमाग खराब र सेन्टि भाइरसलाई नाइट बसमा देखाइएको बताएका थिए ।

उनले यो अभिव्यक्तिमार्फत झण्डै दुई तिहाइ सिट ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहलाई कटाक्ष गरेका थिए । किनभने, ‘झरीपछिको इन्द्रेणी’को प्रचारप्रसारदेखि संगीत कम्पोजमा पनि शाह संलग्न थिए ।

सूर्य थापाको उक्त अभिव्यक्ति भने निकै भाइरल बन्यो । यसलाई लिएर ब्यापक टिप्पणी पनि भैरहेका छन् ।

यस्तोमा, अभिनेत्री तथा फिल्म निर्मात्री स्वस्तिमा खड्काले थापाको उक्त अभिव्यक्तितर्फ संकेत गर्दै फेसबुकमार्फत टिप्पणी गरेकी छन् । आफू र आफ्ना श्रीमान तथा ‘दिमाग खराब’ फेम्ड निर्देशक निश्चल बस्नेतको फोटो सेयर गर्दै स्वस्तिमाले थापाको भनाइप्रति टिप्पणी गरेकी हुन् ।

उनले थापाको नाम लिएकी छैनन् । यद्यपि, भनेकी छन्, ‘फेसवास गर्न अल्छी मान्ने मान्छेले ब्रेनवास गर्‍यो भनेर कसरी पत्याउने ?’

स्वस्तिमाको यो भनाइमा ब्यापक प्रतिक्रिया प्राप्त भएको देखिन्छ । रास्वपाबाट सांसद बनेकी पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले पनि स्वस्तिमाको यो भनाइमा समर्थन जनाउँदै लाइक गरेकी छन् ।

दुईवर्षअघि रिलिज भएको फिल्म ‘दिमाग खराब’ लाई बस्नेतले निर्देशन गरेका हुन् भने स्वस्तिमाले यसमा शीर्ष भूमिका निर्वाह गरेकी छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?